Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सेवाको प्रकार एवं औचित्यको बेवास्था गरेकाले दर्ता सहयोगीहरु आन्दोलनमा


७, असार २०८१
  • 615
    SHARES
  • सेवाको प्रकार एवं औचित्यको बेवास्था गरेकाले दर्ता सहयोगीहरु आन्दोलनमा

    काठमाडौँ । स्वास्थ्य बिमा बोर्डले सच्चाउन पर्ने नियमावली सच्याउन पहल नगरीकन सेवाको प्रकार एवं औचित्यको बेवास्था गरेकाले दर्ता सहयोगीहरु आन्दोलनमा उत्रिएका छन ।

    जबरजस्ती लादिएको १५ प्रतिशत करको सम्बन्धमा ज्ञापनपत्र, चिठी, निवेदन एवं सो अनुरोधलाई लत्याएर शान्तिपूर्ण आवाज लिएर बसेका स्वास्थ्य बिमा बोर्डका दर्ता सहयोगीहरुलाई कुनै पनि सम्बोधन नगरीकन आफ्नै बोर्ड कार्यालयमा भेला हुन नपाउने स्थिति सिर्जना गरिएको छ ।

    मागहरुको सम्बोधन गरिदिन शान्तिपूर्ण रुपमा उठेका आवाजहरुलाई अतिरंजित गरि प्रहरी प्रशासन बोलाएर आफैले नै कार्यालय समय शुरू हुनुअघि देखि नै ताल्चा लगाएर भित्र बसेको र ताल्चा दर्ता सहयोगीहरुले लगाएको भनी झुटा प्रचार गरिएको छ । साथै प्रहरीको हस्तक्षेप भएको त्यसमा पनि अङ्गभङ्ग गराउने मनसायले कुरतापूर्वक बल प्रयोग गरि दर्ता सहयोगी आफ्नै बिमा बोर्ड कार्यालय परिसर भित्र उभिन नपाउने भनिएको छ ।

    तिमीहरु जाउ भनी तिमीहरुले यहाँ माग राख्ने होईन महालेखा परिक्षकको कार्यालयमा तिमीहरुको माग राख भन्न कसरी पाउँछ र कसरी हामीलाई विमा वोर्डको गेट बाट लछार पछार कुटपीट एवं लहठी प्रहार गरि बलपूर्वक प्रहरी भेन भित्र कोचेर प्रहरी वृत्त सिंहदरवार लगेर बिना उपचार १ बजे देखि बेलुका ६ बजेसम्म बदनियतपूर्वक ३१ जनालाई राखिएकोमा यसको घोर भत्सना गरेका छन ।

    जसरी हाम्रो श्रमको शोषण स्वास्थ्य बिमा बोर्डले गरेको छ । त्यसैगरी पिडा, भावना, वस्तुगत जानकारी नलिईन गृहमन्त्रालयबाट प्रहरी दमन गरिएको प्रति दर्ता सहयोगीहरुले आपत्ति जनाएका छन ।

    स्वतन्त्रता हनन गर्ने कार्य साथै बाँच्न पाउने अधिकारको हनन गरिएको आरोप छ । यी कार्यको निमित्त स्वास्थ्य बिमा बोर्ड प्रमुख रुपमा र गृह मन्त्रालयबाट के को आधारमा प्रहरी दमन गरिएको हो ? सो को उत्तरको माग राख्दै बिमा बोर्डले लिएको दमन नितिको जिम्मेवार स्वयं स्वास्थ्य बिमा बोर्ड नै हो भनि विज्ञप्ती मार्फत उल्लेख गरिएको छ । 

  • स्वास्थ्यकर्मीमाथि हिंसा गर्नेलाई ५ वर्षसम्म कैद र ५ लाख जरिबाना प्रस्ताव

    काठमाडौँ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमण, हातपात तथा हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend