Logo

Nov 15 2026 | २०८३, कात्तिक ३०गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

तराई–मधेशदेखि काठमाडौंसम्म छठको रौनक, पूजासामग्री किनमेल गर्न बजारमा बढ्यो चहलपहल


२८, कात्तिक २०८३
  • 68
    SHARES
  • तराई–मधेशदेखि काठमाडौंसम्म छठको रौनक, पूजासामग्री किनमेल गर्न बजारमा बढ्यो चहलपहल

    काठमाडौं । दसैं र तिहारको उल्लास सेलाउन नपाउँदै नेपालीहरूको महान् पर्व छठको रौनक देशभर फैलिएको छ। सूर्यदेव र प्रकृतिको उपासना गर्दै मनाइने छठ पर्वले तराई–मधेशदेखि काठमाडौं उपत्यकासम्म उत्सवमय वातावरण सिर्जना गरेको छ।

    पछिल्लो समय छठ पर्व कुनै एक क्षेत्र वा समुदायमा मात्र सीमित नरही राष्ट्रिय एकता, धार्मिक आस्था र सांस्कृतिक सद्भावको प्रतीकका रूपमा स्थापित हुँदै गएको छ।

    पर्व नजिकिएसँगै काठमाडौंको कालीमाटीस्थित फलफूल तथा तरकारी बजारसहित राजधानीका विभिन्न बजारमा छठ लक्षित व्यापार बढेको छ। पूजाका लागि आवश्यक फलफूल, बाँसबाट बनेका सामग्री तथा अन्य पूजासामग्री खरिद गर्न बिहानैदेखि उपभोक्ताको भीड लाग्न थालेको छ।

    छठ पर्वमा ठेकुवा, भुसुवा (कसार), नरिवल, केरा, स्याउ, सुन्तला, उखु, सखरखण्ड, मुला, अदुवा, बेसार, कागती, अम्बा तथा भोगटेलगायतका सामग्री चढाउने धार्मिक परम्परा रहेको छ।

    त्यस्तै, बाँसबाट निर्मित सुप, नाङ्लो, डालो, टोकरी तथा माटोका हात्ती, दियो, धूप र अगरबत्तीजस्ता सामग्रीको समेत माग बढेको छ। पर्वको तयारीसँगै बजारमा किनमेलको चहलपहल बढ्दा स्थानीय व्यापारीहरूमा पनि उत्साह थपिएको छ।

    विगतमा मुख्यतः तराई–मधेशमा विशेष रूपमा मनाइने छठ पर्व अहिले बसाइँसराइ, सांस्कृतिक आदानप्रदान र धार्मिक आस्थाका कारण देशका विभिन्न भूभागमा विस्तार हुँदै गएको छ। काठमाडौं उपत्यकाका नदी, पोखरी तथा जलाशयहरूमा समेत छठ मनाउने परम्परा स्थापित हुँदै गएको छ।

    छठ पर्वको मुख्य विशेषता अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्नु हो। कठिन व्रत, शुद्धता, अनुशासन र प्रकृतिप्रतिको सम्मानसँग जोडिएको यस पर्वले मानव जीवन र प्रकृतिबीचको सम्बन्धलाई समेत उजागर गर्दछ।

    धार्मिक आस्था, सामाजिक एकता र सांस्कृतिक विविधताको सुन्दर संगम बनेको छठ पर्वले नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र एकताको सन्देश फैलाउँदै आएको छ। तराई–मधेशको मौलिक पहिचानका रूपमा रहेको छठ आज सिंगो नेपाली समाजको साझा सांस्कृतिक उत्सव बन्दै गएको छ।

  • आज गोवर्द्धन पूजा : गोरु, हलि र बली राजाको पूजा गरी मनाइँदै

    काठमाडौं । यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज गोवर्द्धन पूजा, बली पूजा, गोरु पूजा तथा

  • आज गाईपूजा गरिँदै, तिहारको चौथो दिन गौमाताको सम्मान

    काठमाडौं । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज घरघरमा गाईको पूजा आराधना गरी मीठा परिकार

  • विवादबीच आनी छोइङ डोल्माको स्पष्ट धारणा : लुम्बिनीको गरिमा र जिम्मेवारीबारे बहसलाई तथ्यका आधारमा बुझ्नुपर्ने

    काठमाडौ । लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएपछि विभिन्न प्रश्न र विवादको केन्द्रमा रहेकी आनी

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend