Logo

Nov 15 2026 | २०८३, कात्तिक ३०गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

तिहारले सामाजिक सद्भाव र सांस्कृतिक एकता बलियो बनाउँछ : मुख्यमन्त्री आचार्य


२६, कात्तिक २०८३
  • 78
    SHARES
  • तिहारले सामाजिक सद्भाव र सांस्कृतिक एकता बलियो बनाउँछ : मुख्यमन्त्री आचार्य

    बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तिहार पर्वले नेपाली समाजमा आपसी प्रेम, सद्भाव र एकतालाई थप मजबुत बनाउने बताएका छन् ।

    तिहार–२०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले तिहार नेपाली मौलिक संस्कृति, परम्परा र राष्ट्रिय पहिचानसँग जोडिएको विशेष पर्व भएको उल्लेख गरेका छन् ।

    मुख्यमन्त्री आचार्यले काग, कुकुर, गाई तथा गोरुको पूजा गर्ने परम्पराले मानव र प्रकृतिबीचको सम्बन्धसँगै सम्पूर्ण प्राणीप्रति सम्मान र कृतज्ञताको भावना अभिव्यक्त गर्ने बताएका छन् । लक्ष्मीपूजा, भाइटीका र देउसी–भैलोले पारिवारिक आत्मीयता तथा सामाजिक एकता बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ ।

    उनले मौलिक संस्कृति र परम्पराको संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा जोड दिएका छन् । देउसी–भैलोबाट सङ्कलित रकम सामाजिक हित र रचनात्मक कार्यमा खर्च गर्ने अभ्यासलाई पनि उनले सकारात्मक सांस्कृतिक परम्पराका रूपमा लिएका छन् ।

    मुख्यमन्त्री आचार्यले मुलुकका विद्यमान समस्या समाधानका लागि संविधानको पूर्ण कार्यान्वयन, लोकतान्त्रिक मूल्यको संरक्षण र सुशासन आवश्यक रहेको बताएका छन् । प्रदेश सरकार पारदर्शी, सुशासनयुक्त र जनउत्तरदायी शासन व्यवस्था निर्माणमा प्रतिबद्ध रहेको उनले स्पष्ट पारेका छन् ।

    ‘समृद्ध लुम्बिनी, खुसी नागरिक’ को लक्ष्य हासिल गर्न कृषि, पशुपालन, उत्पादन, उद्यमशीलता र रोजगारी सिर्जनालाई प्रदेश सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले तिहारले दिने सहयोग, सद्भाव र एकताको भावनालाई व्यवहारमा उतार्न सबैलाई आग्रह गरेका छन् ।

    मुख्यमन्त्री आचार्यले तिहारको अवसरमा सम्पूर्ण प्रदेशवासी तथा नेपाली दाजुभाइ दिदीबहिनीमा सुख, शान्ति, समृद्धि र प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

    image-43.png

  • त्रिवेणी सहकारीको एक वर्षमै राज्यलाई १२ लाख बढी योगदान, शेयर सदस्यलाई ५.६७ प्रतिशत लाभांश

    अर्घाखाँची। अर्घाखाँचीको त्रिवेणी बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०८२/०८३ मा राज्यलाई विभिन्न सात

  • कपिलवस्तुमा प्रहरीको दुई राउन्ड हवाई फायर, ब्राउन सुगरसहित दुई जना पक्राउ

    कपिलवस्तु । कपिलवस्तुमा लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्। प्रहरीलाई देखेपछि भाग्न खोजेका

  • लुम्बिनीमा मुख्यमन्त्री फेर्ने कसरतप्रति वर्षमान पुनको असन्तुष्टि, आचार्यलाई नै निरन्तरता दिन आग्रह

    रुपन्देही । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री परिवर्तनको चर्चा चुलिँदै गर्दा नेपाली कम्युनिस्ट पार्टीका नेता तथा संघीय

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend