Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

नाबालिकालाई 'यौन क्रियाकलापमा लगाउने' स्पा सञ्चालक पक्राउ


७, असार २०८१
  • 256
    SHARES
  • नाबालिकालाई 'यौन क्रियाकलापमा लगाउने' स्पा सञ्चालक पक्राउ

    काठमाडौं । नाबालिकालाई यौन क्रियाकलापमा लगाएको आरोपमा प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले स्पा सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मखमली माया स्याङ्तान र रेशम गुरुङ रहेका छन् ।

    ब्युरोका अनुसार, उनीहरूले काठमाडौंस्थित ठमेलमा सञ्चालन गरेको ए वान स्पा सेन्टरमा नाबालिकालाई विभिन्न किसिमको डर र प्रलोभन देखाएर यौन क्रियाकलापमा लगाएको पाइएको छ ।

    जाहेरवाला परिवर्तित नाम २६ बबरमहल (३२१) र परिवर्तित नाम २६ बबरमहल (३२२) लाई ०८० कार्तिकदेखि स्पा सेन्टरमा राखेर यौन क्रियाकलापमा लगाएको पाइएको ब्युरोले जनाएको छ ।

    उनीहरूमाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट तीन दिनको अनुमति पाएर ब्युरोले अनुसन्धान थालेको छ ।

    प्रारम्भिक अनुसन्धानबाट रेशम गुरुङले सुरुमा आर्थिक अवस्था कमजोर भएका ग्रामीण क्षेत्रका नाबालिकाहरूलाई टिकटकबाट कुराकानी गरेर राम्रो आम्दानी हुने ब्युटी पार्लरमा काममा लगाइदिने प्रलोभन देखाउने गरेको खुलेको छ । त्यसपछि उनले आउने गाडी भाडासमेत पठाएर काठमाडौं बोलाउँथे ।

    नाबालिकालाई काठमाडौं झिकाएपछि उनले टोखामा रहेको सन फ्लावर स्पा सेन्टरमा मासिक १० हजार रुपैयाँ तलब दिने बताएर स्पा सेन्टरमा पुर्‍याउँथे ।

    आफूले समेत पटकपटक करणी गरेर उनले नाबालिकालाई स्पा सेन्टरमा ग्राहकसँग जबरजस्ती यौन क्रियाकलापमा संलग्न गराउने गरेको पाइएको छ ।

    सन फ्लावर स्पा सेन्टरमा यौन क्रियाकलापमा लगाइसकेसपछि नाबालिकालाई मखमली माया स्याङ्तानले ठमेलमा ए वान स्पा सेन्टर ल्याएर जबरजस्ती यौन क्रियाकलापमा लगाएको खुलेको छ ।

    सुरुमा उनीहरूले नाबालिकालाई आफूले सञ्चालन गरेको मसाज सेन्टरमा मसाजसम्बन्धी तालिमसमेत दिने र विस्तारै केही दिनपछि मसाज सेन्टरमा आएका व्यक्तिहरूको इच्छा अनुसार शारीरिक सम्पर्क राख्न लगाउने गरेको खुलेको ब्युरोले जनाएको छ ।

    उनीहरूले मसाज सेन्टरमा आएका व्यक्तिहरूबाट प्रतिव्यक्ति दुई हजारदेखि तीन हजारसम्म लिने गरेको पाइएको छ ।

    त्यतिमात्र नभएर उनीहरूले नाबालिकालाई विभिन्न होटल तथा गेस्टहाउसहरूमा समेत यौन क्रियाकलापका लागि पठाउने गरेको खुलेको छ ।

    उनीहरूले नाबालिकाहरूलाई स्पा सेन्टरमा मसाज गरेको फोटो तथा भिडियोहरू देखाएर आफन्तहरूलाई पठाइदिने धम्कीसमेत दिने गरेका थिए ।

  • एसपीलाई धम्क्याउने नेता अशोक यादव पक्राउ

    काठमाडौं । नेकपाका नेता अशोक यादव पक्राउ परेका छन् । मधेश प्रदेशका डीआईजी ओम अधिकारीले यादवलाई

  • सोलुखुम्बुमा हजुरबुबाको ह-त्या गरेको आरोपमा नाति प्रहरीकाे नियन्त्रणमा

    काठमाडौं ।प्रहरीले आफ्नै हजुरबुबाको हत्या गरेको आरोपमा २३ वर्षीय नातिलाई पक्राउ गरेको छ । सोलुखुम्बुमा ५०

  • प्रहरीमाथि अभद्र व्यवहारको आरोपमा युवक पक्राउ

    काठमाडौं - ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend