काठमाडौं । नेपाल सरकारका मुख्यसचिव डा.बैकुण्ठ अर्यालले पदबाट राजीनामा दिने भएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित केही उच्च पदस्थ व्यक्तिमाथि भ्रष्टाचारको मुद्दा दायर गर्ने निर्णय गरेपछि उनले राजीनामा दिन लागेका छन् ।
आयोगले आजै उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गर्दैछ । त्यसअघि नै उनले राजीनामा दिन लागेका हुन् ।
राजीनामा दिने बारेमा उनले भर्खरै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । भेटमा प्रधानमन्त्रीले उनलाई राजीनामा दिन सुझाएको बालुवाटार स्रोतले जनाएको छ ।
अख्तियारले मुख्यसचिव अर्यालविरुद्ध विकल पौडेल जोडिएको सुरक्षण मुद्रण केन्द्रले गरेको अन्तःशुल्क स्टिकर छपाइ घोटालामा भ्रष्टाचार मुद्दा दायर गर्न लागेको हो ।