Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

एक्लिँदै माधव, आन्तरिक विवादमा नेकपा एस


१७, असार २०८०
  • 228
    SHARES
  • एक्लिँदै माधव, आन्तरिक विवादमा नेकपा एस

    काठमाण्डौँ । नेकपा एमालेबाट दुई वर्षअघि विभाजित भई बनेको नेकपा एकीकृत समाजवादीभित्र विवाद देखिएको छ । नेकपा एसका सम्मानित नेता झलनाथ खनाल तथा उनीसँग निकट रहेका नेताहरु असन्तुष्ट देखिएका हुन् । त्यस्तै विगतमा पार्टी अध्यक्ष माधवकुमार नेपाललाई साथ दिँदै आएका युवा नेताहरु पनि असन्तुष्ट देखिएका छन् । त्यतिमात्र होइन सांसदहरुसमेत विभाजित भएका छन् ।

    अहिले माधव नेपाललाई चार सांसदले मात्रै साथ दिइरहेका छन् । राजेन्द्र पाण्डे, मेटमणी चौधरी, प्रकाश ज्वालाले मात्र उनलाई साथ दिइरहेका छन् । 
    स्रोतका अनुसार प्रेम आले संसदीय दलको बैठकमा जानै छाडेका छन् । अन्य सांसदहरुले पनि नेपालको भनाइलाई विश्वास गर्न छाडेका छन् । किसान श्रेष्ठले धेरै अघिबाट एमालेमा एकीकरण गर्ने प्रस्ताव गरेकै थिए । उनकै पहलमा र उनकै बालुवाटारस्थित घरमा पटक पटक केपी शर्मा ओली र माधव नेपालको भेटघाटसमेत गराएका थिए । 

    विगतमा माधव नेपाललाई बलियो साथ दिँदै आएका राजेन्द्र राई, रामकुमारी झाँक्री मौन रहेका छन् । झाँक्रीले पार्टीभित्र आफ्ना धारणा नराखेको त महिनौँ भैसक्यो । उनी पार्टी कार्यालय पनि आक्कलझुक्कल जाने गरेकी छिन् । पछिल्लो पटक महासचिव बन्न पुगेका घनश्याराम भुसाल पनि त्यति सन्तुष्ट देखिएका छैनन् । डोल्पाबाट निर्वाचित धनबहादुर दैलेख–१ बाट अम्मरबहादुर थापा ,अछामका शेरबहादुर कुँवर र बझाङका भानुभक्त जोशी अहिले मौन रहेका छन् । 

    कोशी प्रदेशमा मुख्यमन्त्रीकोसमेत दावी गरिरहेका राजेन्द्र राईलाई अध्यक्ष नेपालले मुख्यमन्त्री बनाउन पहल नगरेपछि उनी पनि असन्तुष्ट देखिएका छन् । उनले त्यसको जानकारी प्रदेश सभामा सम्बोधनकै क्रममा खुलासा गरेका थिए । 

    ‘हामीलाई त विश्वासको मतको समर्थन होइन, घ्वाप्पै पार्टी मिलाउन मन लागेको छ, त्यो पार्टी हामीलाई छाड्न मन लागेकै थिएन, सपनामा पनि त्यही पार्टीकै नाममा भाषण गरेको देखिन्छ, त्यही पार्टीकै झन्डा उठाएर उबेला ढुंगामुढा गरेको देखिन्छ, त्यो पार्टी छाड्न त हामीलाई मन नै थिएन, बरू बेहुलीले घर छाड्दा अहिले रूने चिच्याउने, चित्त दुखाउने गर्दैनन्, त्यो पार्टी छाड्न मनै थिएन, हामीलाई निकालेर, पिना पनि पेलेर तेल निकाल्न खोजेको हो, अहिले पनि यो सरकार आइसकेपछि हाम्रा नियुक्त कानूनविपरीत ढंगले धमाधम हटायो, अदालतले फिर्ता बोलायो, यहाँ ४ जना छौँ बाटोमा हिँड्दा पनि बाटो छेकेर गमक्क परेर बाटो छेकुँला जस्तो व्यवहार छ । हामी फेरि पनि मिल्ने भन्ने सम्मका कुरा आउँछ। अहिले पनि हिजोका गल्ती सच्याउने हो भने हामी त पार्टी एकता नै गर्न चाहन्छौं’, उनले भनेका थिए । 

    उनी कुनै समय एमाले विद्यार्थी संगठनको शक्तिशाली अध्यक्ष थिए । माधव नेपालको सचिवालयमा लामो समय काम गरेका उनले पार्टीको राजनीतिक वैचारिक मामिलामा सहयोग पुर्याउँदै आएका थिए । 

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend