Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

नेपाललाई फकाउँदै प्रचण्ड


१७, असार २०८०
  • 113
    SHARES
  • नेपाललाई फकाउँदै प्रचण्ड

    काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन नेकपालाई एकताबद्ध गर्नुपर्ने बताएका छन् । आइतबार भक्तपुरमा आयोजित नारायणविलास जोशीको ३४ औं स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले समाजवादी मोर्चा घोषणाको बेलामा पनि नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र आफूले फेरि नेकपातिरै फर्किनुपर्ने र फेरि पार्टीलाई एकताबद्ध गर्नुपर्ने कुरा उल्लेख गरेको बताए ।

    उनले त्यसका लागि समाजवादी मोर्चा बनाएर बामपन्थीहरुलाई एकताबद्ध गर्ने पहल शुरु गरिसकेको पनि बताए । उनले कम्युनिष्ट शक्तिलाई एकताबद्ध गर्दा देशमा समाजवादको एउटा नयाँ यात्रा अघि बढ्न सक्छ भन्ने ठानेर आफूले तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कम्युनिष्टहरुलाई एकताबद्ध गरेको बताए । 

    उनले भने, ‘कम्युनिष्ट शक्तिलाई एकताबद्ध गर्दा देशमा समाजवादको एउटा नयाँ यात्रा अघि बढ्न सक्छ भन्ने ठानेर मैले तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कम्युनिष्टहरुलाई एकताबद्ध गर्‍यो भने छिटो भन्दा छिटो हामीले आर्थिक समृद्धितिर पनि जान सकिन्छ, समाजवादतिर पनि देशलाई डोर्‍याउन सकिन्छ, भनेको थिएँ । र कम्युनिष्ट एकता भयो पनि । देशको सबैभन्दा ठूलो शक्ति झन्डै दुई तिहाइ प्राप्त पनि भयो । जनतामा ठूलो उत्साह देखा पर्‍यो । अब कम्युनिष्टहरुले ४०,५० कति वर्ष लाने हुन्, शासन भनेर भय थियो । तर दुर्भाग्य हामीले त्यसलाई बचाउन सकेनौँ । त्यो एकतालाई बचाएर राष्ट्र, जनता, समाजवादको हितमा जो प्रचुर सम्भावना थियो, त्यो बचाउन सकिएन । म अहिले कसैलाई दोषारोपण गर्न उभिएको छैन ।

    उनले सबै कम्युनिष्टहरुले आफ्ना त्रुटिहरूलाई सच्याएर अघि बढ्नुपर्ने बताए । उनले भने,ु हामीले एक पटक असफल भए पनि हामीले फेरि त्यसबाट शिक्षा लिएर अघि बढ्ने उद्देश्य राख्नुपर्दछ । एक पटक असफल भयो भन्दैमा विश्वभरकै कम्युनिष्ट आन्दोलनको इतिहास विश्वभरकै समाजवादी आन्दोलनको इतिहास, एकता, सङ्घर्ष, विभाजन, फेरि रूपान्तरण, फेरि एकता फेरि सङ्घर्ष यस्तैमा गुज्रिँदै अघि बढेको छ । नेपालको कम्युनिष्ट आन्दोलन पनि त्यही नियमअनुसार नै अघि बढेको छ ।

    आज हामीले फेरि एक पटक विचार गर्नुपरेको छ । सबैले चिन्तन गर्नुपर्छ । की हिजो के कारणले एकीकृत भएको कम्युनिष्ट आन्दोलन बच्न सकेन । त्यहाँ विचारमा कहाँ त्रुटि थियो, राजनीतिमा कहाँ त्रुटि थियो, आचरण र संस्कृतिमा भावनामा कहाँ त्रुटि भयो ? के प्रकृतिका कारणले हाम्रो विभाजन भयो भन्ने कुराको गम्भीर समीक्षा गरेर त्यसबाट शिक्षा लिएर अघि जाने हामीले जमर्को गर्नुपर्छ ।

    उनले नेकपामा रहेका बेला भएका त्रुटिलाई सच्याएर अघि बढ्न आवश्यक रहेको बताएका छन् । उनले भने,ु अहिले कमरेड माधवकुमार नेपाल, म लगायत कमरेड विप्लव र कमरेड उपेन्द्र यादव समेतले फेरि समाजवादी मोर्चा बनाएर बामपन्थीहरुलाई एकताबद्ध गर्ने पहल शुरु गरेका छौँ । त्यति बेला हामीले माधवजीले पनि मैले पनि के भनेका छौँ भने फेरि नेकपातिरै फर्किनुपर्छ । फेरि पार्टीलाई एकताबद्ध गर्नुपर्छ भन्ने कुरा भनेका छौँ ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend