Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

जनमतलाई ल्याउने दौडमा, सुदन किराँती वा मोदीको पद जाने सम्भावना


१७, असार २०८०
  • 172
    SHARES
  • जनमतलाई ल्याउने दौडमा, सुदन किराँती वा मोदीको पद जाने सम्भावना

    काठमाण्डौँ । बजेट पारित गर्ने बेलामा प्रमुख प्रतिपक्षसँगै मतदान गरेको जनमत पार्टीलाई सरकारमा ल्याउन गठबन्धन दलको बैठक बस्ने भएको छ । आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा जनमतका अध्यक्ष सीके राउतलाई भेटेर सरकारमा आउन आग्रह गरेको सो आग्रहसँगै गठबन्धन दलको बैठक राखेर प्रधानमन्त्रीले जनमत पार्टीलाई सरकारमा ल्याउने कोसिस थालेका हुन् । 

    सत्तारुढ गठबन्धन दलको बैठक आज बस्दैछ । बैठक आज अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको हो । बैठकमा सीके राउत नेतृत्वको जनमत पार्टीलाई सरकारमा सहभागी गराउनेबारे छलफल हुने बताइएको स्रोतले जनाएको छ । बिहान प्रधानमन्त्री प्रचण्ड र राउतबीच सरकारमा सहभागी हुने विषयमा सकारात्मक छलफल भएको थियो । प्रचण्डले माओवादी केन्द्रका कुनै एक मन्त्रीलाई फिर्ता बोलाएर जनमतलाई सरकारमा सहभागी गराउने तयारी गरेका छन् । 

    त्यसका लागि आजको बैठकमा कसलाई फिर्ता बोलाउने भन्नेबारे पनि छलफल हुने स्रोतले जानकारी दियो । सरकारमा माओवादीका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित ६ जना मन्त्री छन् । त्यसमध्ये पर्यटन मन्त्री सुदन किराँती वा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीमध्ये एक जनालाई फिर्ता बोलाउन सक्ने आँकलन गरिएको छ । 

    यद्यपि प्रचण्ड यो विषयमा गठबन्धन दलसँग छलफल गर्ने बताएका छन् । सीके राउतले कृषि र उद्योगमध्ये एक मन्त्रालय मागेका छन् । कृषि मन्त्रालय नेकपा एस र उद्योग मन्त्रालय नेपाली कांग्रेसले चलाइरहेका छन् । विगतमा एमाले पनि सरकारमा रहेका बेलामा प्रचण्ड सरकारको पालामा उद्योग मन्त्रालय मागेको सो पार्टीले उद्योग नपाएपछि खानेपानी मन्त्रालयमा चित्त बुझाएको थियो । 

    गत चैत १७ गते भएको मन्त्रिपरिषद् पुनर्गठनमा उद्योग मन्त्रालय नपाएपछि जनमत पार्टी सरकारबाट बाहिरिएको थियो । प्रधानमन्त्री प्रचण्डले जनमतलाई उद्योग मन्त्रालय नदिई खानेपानी मन्त्रालयमै निरन्तरता दिएपछि तत्कालीन अवस्थामा खानेपानीमन्त्री रहेका जनमत पार्टीका अब्दुल खानले राजीनामा दिएका थिए । जनमत पार्टीले शुरुदेखि नै उद्योग मन्त्रालयमा दाबी गर्दै आएको थियो ।

    स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड अहिले माओवादीले पाएकै एउटा मन्त्रालय दिएर जनमतलाई सरकारमा ल्याउने गृहकार्यमा छन् । ‘नेपाली कांग्रेस या माओवादीले पाएका मन्त्रालयमध्येबाट एउटा दिनेगरी जनमतलाई सरकारमा ल्याउने तयारी भएको छ’, स्रोतले भन्यो, ‘तर माओवादीले पाएको मन्त्रालय दिने सम्भावना बढी छ ।जनमत सरकारमा आउन राजी भए संघीय मामिलामन्त्री अमनलाल मोदी या पर्यटन, नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई राजीनामा गराउने प्रयास हुनेछ । 

    पर्यटनमन्त्री किराँती अहिले नागरिक उड्डयन प्राधिकरण र विमानस्थललाई अलगअलग बनाउन प्रयासरत छन् । यो प्रयासमा केही व्यक्तिहरू खुशी नभएको स्रोतले बतायो । पर्यटनमन्त्रीको प्रयास नियामक र सेवा प्रदायक निकायलाई अलगअलग गर्नुपर्छ भन्ने हो। यो काम राम्रो हो तर यसमा केहीलाई चित्त बुझेको छैन,’ स्रोतले भन्यो । 

    त्यसो त उनले निजी क्षेत्रलाई हेलिपोर्ट बनाउन दिएर सुरक्षा चुनौतीसमेत मोलेका छन् । नेपाली सेनाले सुरक्षा दिन कठिन हुने बताइरहँदा बिजनेस टाइकुन रामेश्वर थापाको सिम्रिक एयरलाई हेलिपोर्ट बनाउन स्वीकृति दिएसँगै उनी आलोचित भएका छन् । स्रोतका अनुसार पर्यटन वा संघीय मामिला मन्त्रालयमध्ये एउटा पाए जनमत पार्टी सरकारमा जान तयार छ । तर खानेपानी मन्त्रालयमा भने जनमतले नजाने जनाएको छ ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend