Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

गरिब जनताः बिनाधितो ऋण दिने व्यवस्थामा सरकार जमानी बस्नुपर्छ–अमरेशकुमार


इ खबर
१७, असार २०८०
  • 95
    SHARES
  • गरिब जनताः बिनाधितो ऋण दिने व्यवस्थामा सरकार जमानी बस्नुपर्छ–अमरेशकुमार

    काठमाडौँ । प्रतिनिधिसभाका सांसद अमरेशकुमार सिंहले सरकारले गाउँगाउँमा गरिब जनतालाई बिनाधितो बैंकहरूले ऋण दिने व्यवस्थाको ग्यारेन्टी गर्नुपर्ने बताएका छन्। आइतबार प्रतिनिधिसभाको दोस्रो बैठकमा ‘मुलुकी संहितासम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले सो कुरा बताएका हुन्।

    सांसद सिंहले गाउँका गरिब जनताबाट निक्षेप संकलन गरेर बैंकहरूले ठूला व्यापारीहरूलाई मात्रै ऋण दिने गरेकोमा आपत्ति जनाए। उनले भने, ‘सबै बैंकहरू ठूला व्यापारीका लागि छन्। ठूला नेताहरूको घरघरमा त ठूला व्यापारी आउँछन्। बिचरा, गरिब, दलित, किसान त आउँदैनन्।

    गरिब जनताले चाहेको बेलामा बैंकहरूले ऋण दिने व्यवस्थाको सरकारले ग्यारेन्टी गर्नुपर्छ। होइन भने बैंक भनेको त ठूलाहरूको मात्रै हो। मेरो गाउँमा नेपाल बैंक लिमिटेडको शाखा छ। तर गाउँका गरिब जनतालाई कहिल्यै पनि ऋण दिँदैन। तर त्यहाँका जनताले बचत गरेको रकम काठमाडौँ पठाउँछ। त्यसकारण यो ऋणीका लागि कानुन बनाउन खोजिएको छ।

    सांसद सिंहले गरिबसँग धितो राख्ने कुनै सम्पत्ति नहुने भएकाले उनीहरूलाई राज्यले नै जमानी बसेर बैंकहरूबाट ऋण लिने व्यवस्था गर्नुपर्नेमा पनि बताए।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend