Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

नौबहिनी गाउँपालिकाले ग¥यो उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरुलाई सम्मान


१८, असार २०८०
  • 153
    SHARES
  • नौबहिनी गाउँपालिकाले ग¥यो उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरुलाई सम्मान

    रोल्पा।नौबहिनी गाउँपालिका प्युठानले आफ्नो पालिकामा उत्कृष्ट कार्यसम्पादन गर्ने १० जना कर्मचारीलाई सम्मान गरेको छ।आइतबारका दिन नौबहिनी गाउँपालिकाको गाउँसभाको १४ औं अधिवेशनको अवसर पारेर आर्थिक बर्ष २०७९/०८० को बार्षिक कार्यसम्पादनको आधारमा उत्कृष्ट कर्मचारी पुरस्कृत तथा सम्मान गरेको हो।

    जसमा गाउँपालिकामा कार्यरत कर्मचारीहरु कविराज निरीक्षक,विष्णु थापा,सिनियर अहेव गोविन्द बहादुर केसी,कम्प्युटर अप्रेटर सरोज डाँगी,असिस्टेन्ट सव इन्जिनियर द्वय शान्ति कुमारी पुन मगर र दामोदर भण्डारी,अनमी द्वय अनिशा पुन मगर र निर्माण चौधरी,कार्यालय सहयोगी द्वय बसन्ता कुमारी केसी र मंगलसिंह रोका मगर लगायतलाई गाउँपालिकाले उत्कृष्ट कर्मचारीको रूपमा सम्मानित गरिएको बताइएको छ।

    नौबहिनी गाउँपालिकाका अध्यक्ष दिल बहादुर थापा,नौबहिनी गाउँपालिकाका उपाध्यक्ष बिस्ना थापा र नौबहिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलले खादा,अबिर,सम्मान पत्र र नगद रु.१० हजार सहित सम्मान गर्नु भएको थियो।

    अत्यन्त लगनशील,कर्तब्यनिष्ठ एवं ईमानदार भई तपाईलाई सुम्पिएको कार्यमा उत्कृष्ट कार्य सम्पादन गरि पु¥याउनु भएको विशेष योगदानको उच्च मुल्यांकन गर्दै नौबहिनी गाउँपालिकाको गाउँसभाको १४ औं अधिवेशनको अवसरमा आर्थिक बर्ष २०७९/०८० को उत्कृष्ट कर्मचारीको रूपमा नगद रु.१० हजार सहित स-धन्यवाद यो सम्मान-पत्र प्रदान गरिएको छ।

    साथै पालिकाले तपाईहरुको उत्तरोत्तर प्रगति एवं उज्ज्वल भविष्यको कामना गर्दछौं सम्मान पत्रमा भनिएको छ।

    received_826504479062872.jpeg

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend