काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेका छन । झा पक्राउ परेपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको हो ।
काठमाडौं प्रहरी परिसरको टोलीले शुक्रवार झालाई पक्राउ गरेको थियो । काठमाडौं जिल्ला अदालतले झालाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई आइतबार ७ दिनको समय दिएको छ ।
फेला परेका बखत झालाई अनुसन्धान हुने गरी प्रहरीले प्रतिवेदन बुझाएको थियो । झामाथिको अनुसन्धानले यो प्रकरणमा संलग्नहरूको थप भूमिका र अन्यको संलग्नता खुल्न सक्ने प्रहरीको विश्वास छ ।
प्रहरीले यसअघि करिब तीन दर्जनलाई प्रतिवादी बनाएर काठमाडौँ जिल्ला अदालतमा अभियोग पत्र दायर गरेको थियो ।