काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतिक थापालाई थुनामा पठाउन अदालतले आदेश दिएको छ ।
थापाविरुद्ध दायर भएको रिटमा मंगलबार काठमाडौँ जिल्ला अदालतमा थुनछेक बहसपछि थुनामा पठाउने आदेश भएको हो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश सकुन्तला कार्कीको इजलासले उनलाई थुनामा पठाएको हो ।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको अभियोग उनीमाथि छ । उनलाई ठगी, संगठित अपराध, सरकारी लिखत किर्ते, राज्यविरुद्धको कसुर र एकीकृत कसुरमा सजाय माग गरिएको छ । यी सबै अभियोग जोड्दा २४ वर्ष कैद मागदाबी लिइएको छ ।