काठमाडौँ । ब्रेक सु र अन्य इलेक्ट्रिक समानमा राखेर गरिएको ६० किलो सुन तस्करीमा जिल्ला सरकारी वकिल कार्यालयले ६० जनालाई प्रतिवादी बनाउँदै काठमाडौँ जिल्ला अदालतमा अर्को मुद्दा दायर गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको अनुसन्धानको आधारमा सरकारी वकिलको कार्यालयले दुई डिजिटल भुक्तानी प्रदायक कम्पनीहरूलाई समेत प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको स्रोतले जनाएको छ ।
विभिन्न डमी कम्पनीका नाममा पैठारी भई आएका माल वस्तुहरूको परीक्षण गर्दा ती माल वस्तुहरूको पार्ट पुर्जामा भएको सुनको तौल ३१९४.६६८ के.जी. भएको देखिन आएको अभियोग पत्रमा उल्लेख छ ।
यसरी बरामद भएको अवैध सुनको मूल्य ३० अर्ब ८४ करोड १२ लाख २६ हजार ४ सय ४० समेतलाई बिगो दाबी अभियोग पत्रमा गरिएको छ ।
चिनिया नागरिक प्रतिवादी वाङ दोजेङ्गको समूहमा रही सङ्गठित भई आपराधिक समूह बनाई समूह बिचमा गोप्य तथा तहगत रूपमा सूचना प्रवाह गरी पिरामिड शैलीमा सुन तस्करी गरेको अभियोग पत्रमा उल्लेख छ ।
यी हुन प्रतिवादी (सूचीसहित)
१.सिद्धनाथ अशोक गायकवाड
२.प्रशांत गणेश बजबलकर
३.धिरज दिनेश भोईटे
४.सुरेन्द्रमान श्रेष्ठ
५.राजु खत्री
६.बैजनाथ ब्रह्मादत्त गोयल
७.राजु थापा भन्ने प्रेमनाथ सेढाई
८.कान्छा लामा
९.राजु भोटे, कुङ्गा टासी शेर्पा भन्ने चिनिया नागरिक जिन जाङ्ग
१०.प्रज्वल आचार्य
११.सुरज शम्शेर ज.व. राणा
१२.भिम प्रसाद तिमल्सिना
१३.फुनसुक डाग्पा अथुपछाङ खम्पा
१४.काश्यप मानन्धर
१५.लाल बहादुर कुँवर
१६.अरुण कुमार यादव
१७.मनोजराज श्रेष्ठ
१८.रुपक भण्डारी
१९.सोनाम गुरुङ भन्ने शिरव ग्याल्मो
२०.सुनिल जाकिबन्जा
२१. सत्येन्द्र श्रेष्ठ
२२. लुरोङ्ग गोङ्गबु
२३. वाङ्ग दोजिङ्ग
२४.पिन्ज योनजिङ्ग
२५.झोङ्ग झियाङ्ग
२६.हेनरी जि जोङ्ग जियाङ्ग
२७.पिङ्ग लिङ्गफिङज
२८.टिरेन्स टिसा
२९.राम गुरुङ
३०.सोनम तामाङ
३१. लेखनाथ कार्की डोली
३२. कुमार भुजेल
३३.बिकुन्द्र भुजेल
३४.जिवन कुमार गुरुङ
३५.अभिजित तानाजी मुलिक
३६.अमोल कलप्पा कुटे
३७.कमलकान्त कुल्थिया
३८.मुकुन्द कुमार ठाकुर
३९.ऋषी ठाकुर
४०.रोशन बाबु मल्ल
४१.मिन कमार दुलाल
४२.खेलानन्द प्रसाद सिंह
४३.नेपाल भुषण चन्द
४४.पाल्साङ लामा
४५.भोला साह सोनार
४६.जीवन चलाउने
४७. एलेक्स जि यो पुजिङ्ग
४८.एलि जि लि युनटिसुङ
४९.रोगेर स्टेप लि निजिकेल
५०.साउटेन डिङ सिनेङ फा
५१.लिन जिक्युयाङ
५२.टाँसी भन्ने थुप्तिन छिरिङ
५३.हर्कराज राई
५४.दावा छिरिङ
५५.राजेन्द्र कुमार राई
५६.राम कुमार भुजेल
५७.दिलिप भुजेल
५८.सुमन खरेल
५९.भिम बहादुर मगर
६०.टासी शेर्पा