Logo

Nov 16 2026 | २०८३, मंसिर १गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

राष्ट्रिय महिला ज्योतिष संघको १६औँ वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न, अध्यक्षमा रतिदेवी जोशी श्रेष्ठ निर्वाचित


३०, कात्तिक २०८३
  • 69
    SHARES
  • राष्ट्रिय महिला ज्योतिष संघको १६औँ वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न, अध्यक्षमा रतिदेवी जोशी श्रेष्ठ निर्वाचित

    काठमाडौं । राष्ट्रिय महिला ज्योतिष संघको १६औँ वार्षिक साधारण सभा तथा अधिवेशन २०८३ सम्पन्न भएको छ। अधिवेशनले रतिदेवी जोशी श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत/निर्वाचित गरेको छ।

    अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा फुलमाया शर्मा न्यौपाने, उपाध्यक्षमा इन्दिरा गौतम, महासचिवमा सुधा भट्टराई बास्कोटा, सहसचिवमा मेनुका जोशी र कोषाध्यक्षमा सीतादेवी शर्मा निर्वाचित हुनुभएको छ।

    त्यसैगरी सदस्यहरूमा सरिता लावती, रश्मी कार्की खड्का, डम्बरकुमारी (माया) काफ्ले र सुष्मा रिजाल रेग्मी निर्वाचित हुनुभएको छ।

    कार्यक्रमका प्रमुख अतिथि लोकराज पौडेल रहनुभएको थियो भने सभाको सभापतित्व नवनिर्वाचित अध्यक्ष रतिदेवी जोशी श्रेष्ठले गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन फुलमाया शर्मा न्यौपानेले गर्नुभएको थियो।

    महिला ज्योतिषहरूको क्षमता, दक्षता तथा नेतृत्व विकास गर्नुका साथै ज्योतिष शास्त्रको अध्ययन, अनुसन्धान र यसको सकारात्मक प्रचारप्रसारलाई संस्थागत रूपमा अघि बढाउने उद्देश्यले संघले विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ।

    अधिवेशनले महिला ज्योतिषहरूको व्यावसायिक दक्षता अभिवृद्धि, आपसी एकता र सहकार्यलाई थप सुदृढ बनाउँदै ज्योतिष विद्याको संरक्षण, अनुसन्धान तथा प्रवर्द्धनमा नयाँ कार्यसमितिले प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ।

    नवनिर्वाचित कार्यसमितिले संस्थाको गरिमा र पहिचानलाई थप उचाइमा पुर्‍याउँदै महिला ज्योतिषहरूको क्षमता र नेतृत्वलाई राष्ट्रियस्तरमा स्थापित गर्न योगदान गर्ने अपेक्षा गरिएको छ।

  • चन्द्रागिरि-१५ तीनथानामा सञ्चालनमा आयो ‘चिया थाना’, दुई इन्जिनियरको उद्यमशील पहल

    विदेश जानैपर्छ भन्ने छैन, आफ्नै देशमा पनि सम्भावना र अवसर छन् भन्ने सन्देश दिँदै दुई

  • नयाँ शक्तिको सुशासनमाथि वर्षमान पुनको १५ प्रश्नः ‘पुराना बिचौलिया हटाएर नयाँ जन्माउने काम भयो’

    सरकारलाई पुनको चेतावनी-किसानदेखि पत्रकारसम्मका समस्या समाधान गर, जनताका प्रश्नको जवाफ देऊ जनकपुरधाम । नेपाली कम्युनिस्ट पार्टी

  • छठ पर्वको अवसरमा सोमबार पनि सार्वजनिक बिदा, सरकारले गर्‍यो थप बिदाको घोषणा

    काठमाडौं । सरकारले छठ पर्वको अवसरमा सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यसअघि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend