Logo

Nov 16 2026 | २०८३, मंसिर १गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

छठको ढाकी बोकेर घाट पुगे कांग्रेस सभापति गगन थापा, गरे विधिपूर्वक पूजाआजा


३०, कात्तिक २०८३
  • 78
    SHARES
  • छठको ढाकी बोकेर घाट पुगे कांग्रेस सभापति गगन थापा, गरे विधिपूर्वक पूजाआजा

    सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्वको अवसरमा सर्लाहीको धनकौल गाउँपालिकामा पुगेर स्थानीयसँगै छठ पर्व मनाउनुभएको छ। उहाँले परम्परागत रूपमा छठको ढाकी बोकेर छठ घाट पुग्दै विधिपूर्वक पूजाआजा गर्नुभएको हो।

    छठ पर्वको धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्वलाई आत्मसात् गर्दै सभापति थापा स्वयं छठको ढाकी बोकेर घाट पुग्नुभएको दृश्यले स्थानीयको ध्यान आकर्षित गरेको थियो। उहाँले स्थानीय श्रद्धालु तथा सर्वसाधारणसँगै छठ पूजामा सहभागी भएर पर्वको उल्लासमा साथ दिनुभएको थियो।

    यसैक्रममा सभापति थापाले सर्लाहीका विभिन्न स्थानमा रहेका छठ घाटहरूको समेत भ्रमण गर्नुभएको छ। घाट भ्रमणका क्रममा उहाँले छठ पर्व मनाउन भेला भएका स्थानीय नागरिकसँग प्रत्यक्ष भेटघाट र संवाद गर्दै उनीहरूका समस्या, गुनासा तथा सुझाव सुन्नुभएको थियो।

    धार्मिक तथा सांस्कृतिक पर्वलाई जनतासँग जोडिने अवसरका रूपमा उपयोग गर्दै थापाले स्थानीय समुदायसँग समय बिताउनुभएको देखिएको छ।

    राजनीतिक व्यस्तताबीच स्थानीयको धार्मिक आस्था, परम्परा र संस्कृतिमा सहभागी हुनुभएको उहाँको यस उपस्थितिलाई जनतासँगको सम्बन्ध र सामाजिक सद्भावसँग जोडेर हेरिएको छ।

  • तराई–मधेशदेखि काठमाडौंसम्म छठको रौनक, पूजासामग्री किनमेल गर्न बजारमा बढ्यो चहलपहल

    काठमाडौं । दसैं र तिहारको उल्लास सेलाउन नपाउँदै नेपालीहरूको महान् पर्व छठको रौनक देशभर फैलिएको

  • आज गोवर्द्धन पूजा : गोरु, हलि र बली राजाको पूजा गरी मनाइँदै

    काठमाडौं । यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज गोवर्द्धन पूजा, बली पूजा, गोरु पूजा तथा

  • आज गाईपूजा गरिँदै, तिहारको चौथो दिन गौमाताको सम्मान

    काठमाडौं । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज घरघरमा गाईको पूजा आराधना गरी मीठा परिकार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend