Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कोरियाको ‘भिसा डेट’ होल्ड गरेर ठगी गरेको आरोपमा ८ जना पक्राउ


१९, असार २०८१
  • 177
    SHARES
  • कोरियाको ‘भिसा डेट’ होल्ड गरेर ठगी गरेको आरोपमा ८ जना पक्राउ

    काठमाडौँ । दक्षिण कोरिया जान भिसा फर्म भर्नेहरूलाई ठगेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ ।

    केन्‍द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले भिसा फर्म भर्न अनलाइन प्रक्रिया नै जाम गरी रकम असुली गरी फर्म भरिदिने भन्दै ठगेको आरोपमा ८ जनालाई पक्राउ गरेको हो ।

    एसपी होबिन्द्र बोगटीका अनुसार दक्षिण कोरिया जानका लागि भिसा फर्म केही निश्चित समयमा खुल्ने गर्छ । तर त्यतिबेला एजेन्टहरूले अनलाइन फर्म भर्ने प्रक्रिया नै जाम गर्ने गरेको अनुसन्‍धानबाट खुलेको एसपी बोगटीले बताए ।

    ‘अनलाइन फर्म भर्न नमिल्ने गरी जाम भएपछि उनीहरूले बुक गरेको समय ३० हजार रुपैयाँ लिएर बेच्ने रहेछन्,’ उनले भने । यसरी ठग्ने गरेको भन्दै कन्सुलरमार्फत् सिआइबीलाई पत्राचार भएको थियो । त्यसमा अनुसन्धान गरी सिआइबीले ८ जनालाई पक्राउ गरेको हो। यसमा क-कसको संलग्नता छ भन्नेबारे सिआइबीले थप अनुसन्धान गरिरहेको छ ।

    पक्राउ पर्नेहरूमा भोजपुरका दीपेन्द्र राई, नवलपुरका पवन काफ्ले, संघर्ष ढकाल, कलंकीका नवीन पौडेल, पोखराका समेश शेरचन र गोरखाका २१ वर्षीय छिरिङ निमा लामा छन् । दुई जनाको परिचय भने प्रहरीले खुलाएको छैन ।

  • एसपीलाई धम्क्याउने नेता अशोक यादव पक्राउ

    काठमाडौं । नेकपाका नेता अशोक यादव पक्राउ परेका छन् । मधेश प्रदेशका डीआईजी ओम अधिकारीले यादवलाई

  • सोलुखुम्बुमा हजुरबुबाको ह-त्या गरेको आरोपमा नाति प्रहरीकाे नियन्त्रणमा

    काठमाडौं ।प्रहरीले आफ्नै हजुरबुबाको हत्या गरेको आरोपमा २३ वर्षीय नातिलाई पक्राउ गरेको छ । सोलुखुम्बुमा ५०

  • प्रहरीमाथि अभद्र व्यवहारको आरोपमा युवक पक्राउ

    काठमाडौं - ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend