Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

नियमावली विपरित मेसु नियुक्तिले प्रादेशिक अस्पतालमा किचलो


२०, असार २०८१
  • 272
    SHARES
  • नियमावली विपरित मेसु नियुक्तिले प्रादेशिक अस्पतालमा किचलो

    बुटवल । लुम्बिनी प्रदेशको गौरवको अस्पतालको रुपमा विकसित हुँदै गएको बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल अहिले मेडिकल सुपरिटेन्डेन्ट विहिन बन्न पुगेको छ ।

    झण्डै आठ सय कर्मचारीहरु कार्यरत रहेको अस्पतालमा सुपरिटेन्डेन्ट नियुक्ति विवाद अदालतसम्म पुगेपछि अस्पताल मेसु विहिन बनेको हो । गत जेठ १८ गते लुम्बिनी प्रदेश सरकारले अस्पतालका वरिष्ठ अर्थोपेडिक डाक्टर इन्द्र ढकाललाई नियुक्ति गरेपछि उक्त विषय पेचिलो बन्दै गएको छ ।

    स्वास्थ्य नियमावली अनुसार सुपरिटेन्डेन्ट हुनका लागि जनरल हेल्थ सर्भिसेस अन्तर्गतको हुनुपर्ने स्पष्ट भएपनि लुम्बिनी प्रदेश सरकारले कानुन र नियमावलीलाई मिचेर अस्पतालका १० औं तहका डाक्टरलाई नियुक्ति गरेपछि अहिले उक्त नियुक्तिलाई सर्वोच्च अदालतले रोक्न आदेश गरेसँगै अस्पताल मेसु विहिन भएको छ भने अन्य प्रशासनिक कामकाज प्रभावित हुने भएको छ ।

    अदालतले सुपरिटेन्डेन्ट डा.इन्द्र ढकाललाई काम नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि अस्पताल मेडिकल सुपरिटेन्डेन्ट विहिन हुन पुगेको हो । एक महिना अघि जेठ १८ गते लुम्बिनी प्रदेश सरकारको निर्णयबाट मेसुमा नियुक्त भएका ढकाललाई अस्पतालमै कार्यरत अर्का डाक्टर विष्णु गौतमले दिएको रिट निवेदनको सुनुवाई गर्दै सर्वोच्च अदालतले काममा नलगाउने अल्पकालिन अन्तरिम आदेश जारी गरेको थियो ।

    मुद्दामा लुम्बिनी प्रदेश सरकार विपक्षी बनाईएको छ । मेसु नियुक्त डा. ढकाल १० औं तहका हुन् । डा. गौतम ११ औं तहका हुन् । मेसुका लागि ११ तह आवश्यक पर्ने भन्दै गौतमले ढकालको नियुक्ति बदर माग गरेका थिए ।

  • स्वास्थ्यकर्मीमाथि हिंसा गर्नेलाई ५ वर्षसम्म कैद र ५ लाख जरिबाना प्रस्ताव

    काठमाडौँ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमण, हातपात तथा हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend