Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

मणिपाल अस्पताललाई कारबाही नगर्न सर्वोच्चको अन्तरिम आदेश


२०, असार २०८१
  • 131
    SHARES
  • मणिपाल अस्पताललाई कारबाही नगर्न सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौँ । मणिपाल अस्पताललाई तत्काल कुनै कारबाही नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

    महालेखा परीक्षकको प्रतिवेदनमा नक्सा पासको करिब २० करोड तिर्न बाँकी रहेको उल्लेख गरेपछि उक्त रकम तिर्नुपर्ने नरहेको भन्दै मणिपाल सर्वोच्च अदालत पुगेको हो ।

    अस्पतालले महालेखा र पोखरा महानगरपालिकालाई विपक्षी बनाएर रिट दायर गरेको थियो । सर्वोच्चले विपक्षीका नाममा रिटमाथि सुनुवाइ गर्दै कारण देखाऊ आदेश जारी गरेको छ । महालेखा परीक्षकको प्रतिवेदनमा १९ करोड ८१ लाख अस्पतालबाट लिनुपर्ने उल्लेख छ ।

    त्यसपछि असार ७ गते महानगरपालिकाले अस्पताललाई पत्र लेखेर रकम भुक्तानी गर्न आग्रह गरेको थियो । अस्पतालले रकम तिर्नुको सट्टा अदालतसँग गुहार माग्न पुगेको हो ।

    पोखरा महानगरपालिकाको २०७९ चैत १० को कार्यपालिका बैठकको निर्णयबाट उक्त रकम छुट दिने निर्णय गरिएको थियो । त्यसपछि १ करोड ७५ लाख तिरेर मणिपालले भवनको निर्माण सम्पन्न कागजात लिएको छ । अदालतले साउन १६ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

  • १३ प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, १० दिनभित्र उजुरी आह्वान

    काठमाडौँ । सरकारद्वारा विभिन्न १३ मुलुकका लागि सिफारिस गरिएका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया औपचारिक

  • पक्राउ परेकालाई जथाभावी हतकडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौँ । सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई केवल पक्राउ पुर्जी जारी भएको वा कुनै अभियोग

  • महेन्द्रनगरमा भन्सारको ‘सर्जिकल स्ट्राइक’ : गोदामबाट चार ट्रक शंकास्पद सामग्री बरामद

    जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामहेन्द्रनगरस्थित एक गोदाममा जनकपुर भन्सार कार्यालय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend