Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

के तपाईको पैताला झमझम गर्छ ? यस्तो छ समाधान


१९, असार २०८०
  • 251
    SHARES
  • के तपाईको पैताला झमझम गर्छ ? यस्तो छ समाधान

    हामीहरुमध्ये धेरैजसो पैताला झमझम गर्ने समस्याबाट पीडित भएका हुन सक्छौँ । यो समस्या आफैँमा एउटा रोग नभए पनि अरु कुनै रोगहरुको लक्षण हुन सक्छ । ओपीडीमा दैनिक आउने बिरामीहरुको आँकडालाई विश्लेषण गर्दा हातमा गन्न सकिने बिरामीहरु पैताला पोल्ने र झमझम गर्ने समस्या भएको हामी डाक्टरहरुलाई बताउँछन् । त्यसकारण पनि यो समस्याको बारेमा केही कुरा थाहा पाउनु राम्रो देखिन्छ।

    पैताला पोल्ने र झमझम गर्ने धेरै कारणहरु मध्ये एउटा महत्वपूर्ण कारण मधुमेह हो । मधुमेहका बिरामीहरुलाई शुरु–शुरुमा पैताला पोल्ने झमझम गर्ने हुन सक्छ । यदि रगतमा सुगरको मात्रा लामो समयसम्म पनि नियन्त्रणमा नआएमा, नियमित औषधि सेवन नगरेमा, सुगरको समस्याबाट लामो समयसम्म ग्रसित भएको अवस्थामा, बिरामीलाई पैताला पोल्नुका साथ साथै छोएको थाहा नपाउने र कहिलेकाहिँ खुट्टामा जाने रगतको नसा ब्लक भएर रक्त प्रवाह नहुँदा खुट्टा काट्नु पर्ने पनि अवस्था आउँदछ। 

    पैताला पोल्ने अर्को महत्वपूर्ण कारण लामो समयसम्म नियमित रक्सी सेवन गर्नु पनि हो । दीर्घकालीन रुपमा रक्सी सेवन गर्ने मानिसहरुमा पैतालातिर जाने नसाहरु विस्तारै मार्दै जाने हुँदा पैताला झमझम गर्ने हुन सक्छ। खानामा भिटामिन बी १२, बी६ र फोलिक एसिडको कमी भएमा पनि पैताला झमझम गर्ने र पोल्ने हुन सक्छ। रगतमा थाइराइड हर्मोन कम भएर हुने समस्या (जसलाई हाइपोथाइराइड भनिन्छ) का बिरामीहरुलाई पनि कहिलेकाहिँ पैताला पोल्न सक्छ।

    क्यान्सरको समस्या भएका र क्यान्सरको औषधि सेवन गर्ने बिरामीलाई पैताला पोल्न सक्छ । केही औषधिहरु लामो समयसम्म प्रयोग गर्दा पैताला झमझम गर्न सक्छ। क्यान्सरको उपचारमा र एचआईभी रोगमा प्रयोग हुने औषधि बाहेक कमन औषधिहरु जस्तै टीबीको रोगमा प्रयोग हुने आइसोनिआजाइड, मुटुको रोगमा प्रयोग हुने एमिओडारोन, मधुमेहमा खानु पर्ने मेटफर्मिन जस्ता औषधि लामो समयसम्म सेवन गर्दा पैताला पोल्न सक्ने समस्या आउन सक्छ । 

    मिर्गौला फेल भएर डाइलासिस गर्ने अवस्थामा पुगेका मानिसहरुमा पैताला पोल्न सक्ने समस्या आउँदछ। यो बाहेक लिड, मर्कुरी, आर्सेनिक जस्ता मेटल पोइजनिङ भएमा, सार्कोइडोसिस, लाइम डिजिज, भास्कुलाइटिस, गुलेन बारी सिन्ड्रोम, क्रोनिक डिमाइलिनेटिङ्ग डिजिज जस्ता रोग भएका मानिसहरुमा अवस्था अनुसार पैताला पोल्ने र झमझम गर्न सक्छ ।

    पैताला पोल्ने समस्याको समाधानको विश्लेषण गर्दा सबैभन्दा पहिले कारणहरु पत्ता लगाउने कोसिस गर्नु पर्दछ । जे कारणले पैताला पोल्ने समस्या आएको हो त्यो रोगको उपचार गर्नु पर्दछ । मधुमेह भएका बिरामीले सकेसम्म रगतमा सुगरको मात्रा नर्मल रेन्जमा राख्नु पर्दछ र यसको लागि नियमित रुपमा फिजिसियन अथवा सुगर सम्बन्धित डाक्टरसँग जँचाएर औषधि सेवन गर्नु पर्दछ ।

    इन्सुलिन लगाउनु पर्ने केसमा डाक्टरको सल्लाहअनुसार लगाउन हिच्किचाउनु हुँदैन । माथि उल्लेख गरिएका पैताला पोल्ने अरु रोगहरुको पनि डाक्टरको सुझाबअनुसार उपचार गराउनु पर्दछ।  सामान्यतया पैताला पोल्ने समस्या भएमा हरियो साग सब्जी बढी खाने, नरम खालको जुत्ता लगाउने, रातको समयमा खुट्टा झमझम गरेमा चिसो पानीमा क्षणिक रुपमा खुट्टा डुबाउने, डाक्टरको सल्लाहअनुसार भिटामीन बी १२, बी ६, फोलिक एसिड जस्ता भिटामिन सेवन गर्ने गर्दा यो समस्या केही हदसम्म कम हुन्छ । 

  • स्वास्थ्यकर्मीमाथि हिंसा गर्नेलाई ५ वर्षसम्म कैद र ५ लाख जरिबाना प्रस्ताव

    काठमाडौँ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमण, हातपात तथा हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend