Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

१२ बिघा जग्गा कीर्ते गर्ने ८ जना दोषी ठहर, तोकियो सजाय र जरिवाना


३०, असार २०८१
  • 144
    SHARES
  • १२ बिघा जग्गा कीर्ते गर्ने ८ जना दोषी ठहर, तोकियो सजाय र जरिवाना

    काठमाडौँ । गायक योगेश्वर अमात्यको जग्गा धितो कीर्ते गरेर ऋण लिएको आरोप लागेका ८ जना सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन् ।

    उनीहरूलाई एक वर्षदेखि ४ वर्षसम्म कैद सजाय भएको छ । विशेष अदालतका न्यायाधीशहरू खुसीप्रसाद थारु, तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले २ जनालाई ४/४ वर्ष, २ जनालाई २/२ वर्ष र ४ जनालाई १/१ वर्ष जेल सजाय गरेको हो ।

    उनीहरूविरुद्ध १९ करोड बिगो कायम गरेर मुद्दा दायर भएको थियो । अमात्यको १२ बिघा जग्गाको कीर्ते गरेर ऋण लिएको आरोपमा सीआईबीले अनुसन्धान गरेको थियो । त्यसपछि सम्पत्ति शुद्धीकरण विभागले पनि मुद्दा चलाएको थियो ।

    बिल्वा भूमि वन प्रालिका नक्कली प्रतिनिधि रेशमबहादुर सिलवाल र मेरलाइन इन्टरप्राइजेजका उविन्द्रराज शाक्यलाई ४/४ वर्ष कैद र जनही ७ करोड ६० लाख रुपैयाँ जरिवाना भएको छ ।

    मुक्तिनाथ गौतम र एसकुमार महर्जनलाई २/२ वर्ष कैद र जनही ७ करोड ६० लाख रुपैयाँ जरिवाना भएको विशेष अदालतले जनाएको छ ।

    यस्तै रामप्रसाद अधिकारी, ईश्वर पोखरेल, शोभा शाक्य र कुशन प्रधानलाई १/१ वर्ष कैद र जनही ३ करोड ८० लाख रुपैयाँ जरिवाना सुनाइएको छ ।

    अमात्यको बारास्थित जग्गाको कीर्ते डकुमेन्ट तयार गरी काठमाडौँको न्यूरोडस्थित कुमारी बैंकबाट १९ करोड रुपैयाँ ऋण लिएको उनीहरूमाथि अभियोग थियो ।

  • १३ प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, १० दिनभित्र उजुरी आह्वान

    काठमाडौँ । सरकारद्वारा विभिन्न १३ मुलुकका लागि सिफारिस गरिएका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया औपचारिक

  • पक्राउ परेकालाई जथाभावी हतकडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौँ । सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई केवल पक्राउ पुर्जी जारी भएको वा कुनै अभियोग

  • महेन्द्रनगरमा भन्सारको ‘सर्जिकल स्ट्राइक’ : गोदामबाट चार ट्रक शंकास्पद सामग्री बरामद

    जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामहेन्द्रनगरस्थित एक गोदाममा जनकपुर भन्सार कार्यालय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend