Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सहकारीको रकम हिनामिना गर्ने व्यक्ति उम्मेद्वार हुन नपाउने


१९, असार २०८०
  • 131
    SHARES
  • सहकारीको रकम हिनामिना गर्ने व्यक्ति उम्मेद्वार हुन नपाउने

    काठमाण्डौं । अबदेखि सहकारीको रकम हिनामिना गर्ने व्यक्ति निर्वाचनमा उम्मेदवार हुन नपाउने भएको छ । निर्वाचन आयोगले सहकारी संस्थामा रहेर रकम हिनामिना गरेको व्यक्तिलाई समेत उम्मेदवार हुनबाट रोक्न प्रस्ताव गरेको छ । ‘निर्वाचनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’मा सहकारीको रकम हिनामिना गर्ने व्यक्ति निर्वाचनका लागि अयोग्य हुने प्रस्ताव गरिएको हो ।

    प्रस्तावित विधेयकमा उम्मेदवारको अयोग्यतासम्बन्धी प्रावधानमा ‘कुनै सहकारी संस्थाको सञ्चालक पदमा रही प्रचलित कानुन विपरीत आर्थिक हिनामिना गरी त्यस्तो सहकारी संस्थालाई हानि नोक्सानी पुर्याएको व्यक्ति उम्मेदवार हुन पाउने छैन भन्ने उल्लेख छ । यस्तै, प्रचलित कानुन बमोजिम कर भुक्तानी नगरेको व्यक्ति पनि निर्वाचनका लागि अयोग्य हुनेछन् ।

    सोमबार आयोगको बैठकले निर्वाचन व्यवस्थापनसम्बन्धी छरिएका कानुन एकीकरण तथा पछिल्लो समय चुनावका क्रममा उठेका कानुनी अस्पष्टतालाई स्पष्ट गरेर एकीकृत कानुनको विधेयक स्वीकृत गरेको छ । विधेयक गृह मन्त्रालयमार्फत संसद्मा पेस हुने आयोगले जनाएको छ । दुवै सदनमा छलफल तथा संशोधन भई विधेयक पारित भएपछि मात्र ऐनका रूपमा लागू हुनेछ ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend