Logo

Nov 15 2026 | २०८३, कात्तिक ३०गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

लुम्बिनीमा एमालेको अडान कायमै


१९, असार २०८०
  • 128
    SHARES
  • लुम्बिनीमा एमालेको अडान कायमै

    दाङ । लुम्बिनीमा प्रतिपक्षी दल एमालेले विरोध कायमै राखेको छ । प्रदेश सरकारले ल्याएको बजेटमाथि असन्तुष्टि जनाउँदै एमाले लगातार प्रदेश सभा बैठक अवरुद्ध गर्दै आएको हो ।  लुम्बिनीमा एमालेले असार १३ गतेदेखि बसेको सदन अवरुद्ध गरेपछि बैठक चार पटक स्थगित हुन पुगेको छ ।

    म‌ंगलवार पनि एमालले बजेटमाथि असन्तुष्टि जनाउँदै विरोध कायमै राखेपछि बैठक एक घण्टा स्थगित गरियो । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले सरकार र विपक्षी दलको बचिमा वार्ताको लागि भन्दै एक घण्टा बैठक स्थगित गरे । एमालेले असार १७ गते यता बसेको लगातार बसेको बैठकमा नाराबाजी गर्दै रोष्टम घेराउ गर्दै आएको छ ।

    लुम्बिनीमा एमालेले विगतका क्रमागत योजनाहरु कटौती गरेको र प्रदेशका निर्देशनालयहरु खारेज गर्न खोजेको भन्दै असन्तुष्टी जनाउँदै आएको छ । एमालले सरकारले ल्याएको बजेटमा ०७५र०७६ का यताका क्रमागत योजनाहरु बजेट कतौती गर्ने र प्रदेशका निर्देशनालय खारेज गर्ने कुरा सच्याउनु पर्ने  अडान राख्दै आएको छ ।

    लुम्बिनी प्रदेशसभा दोस्रो अधिवेशनको १५ औँ बैठकले सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरिएको छ ।

    प्रतिपक्ष दलको विरोधकाबीच प्रदेशसभाले विधेयक पारित गरेको हो । आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रस्ताव पेश गर्ने क्रममा रोष्टम घेराउ गरिएको थियो । सभामुख तुलाराम घर्तीले विधेकको विपक्षमा हुन्न भन्ने आवाज नसुनिएकाले सर्वसम्मत पारित भएको घोषणा गरेका थिए । 

  • अन्तर्राष्ट्रिय मञ्चमा गगनको नयाँ रणनीति : सुजाताको ठाउँमा विनोद चौधरी, कांग्रेसभित्र शक्ति सन्तुलनको बहस चर्कियो

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको अन्तर्राष्ट्रिय प्रतिनिधित्वमा महत्वपूर्ण फेरबदल गर्दै एसियाली राजनीतिक

  • राजनीतिमा विद्वान गुरुङको नयाँ सन्देश : ‘पद होइन, जनताको घरदैलोमा पुगेर विश्वास जित्ने अभियान चलाउँछौँ’

    पर्वत । नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य एवं नेपाल तरुण दलका निवर्तमान केन्द्रीय अध्यक्ष विद्वान

  • गगन नेतृत्वको केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग पुग्यो

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले औपचारिक वैधानिकता अद्यावधिक गर्ने प्रक्रिया

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend