Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

३२ घटनामा संग्लन ४४ जना रङ्गेहात पक्राउ


२, साउन २०८१
  • 227
    SHARES
  • ३२ घटनामा संग्लन ४४ जना रङ्गेहात पक्राउ

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पछिल्लो १२ महिनामा भ्रष्टाचारजन्य कसुर गरेको भन्दै करिब साढे २६ हजार उजुरी दर्ता भएका छन् ।

    आयोगका अनुसार यो अवधिमा २६ हजार ५ सय २२ उजुरी दर्ता भएका छन् । अघिल्लो वर्ष फर्छ्योट हुन बाँकी ९ हजार २ सय ६८ उजुरी थिए ।

    यो वर्ष कुल ३५ हजार ७ सय ९० उजुरीमध्ये २७ हजार ३ सय ७५ उजुरी फर्छ्योट भएको अख्तियारले जनाएको छ । पछिल्लो एक वर्षमा रङ्गेहात पक्राउका ३२ घटनामा ४४ जना पक्राउ परेको र तीमध्ये ३२ जना राष्ट्र सेवक कर्मचारी भएको अख्तियारको तथ्यांक छ ।

    यस्तै यो अवधिमा गैह्र कानूनी लाभ हानीमा ५८, घुस रिसवतमा ४८, नक्कली शैक्षिक प्रमाणपत्रमा ३४, सार्वजनिक सम्पत्ति हानी नोक्सानीमा ३४, राजस्व चुहावटमा १३, गैह्र कानुनी सम्पत्ति आर्जनमा ११ र विविधतर्फ ३ सहित कुल २ सय १ मुद्दा विशेष अदालतमा दर्ता गरेको छ ।

    यी मुद्दामा कुल एक हजार ५ सय २० जनालाई प्रतिवादी बनाइएको छ। त्यसमा राष्ट्र सेवक कर्मचारी ५ सय २४, निर्वाचित जनप्रतिनिधिहरू एक सय १ र मनोनीत पदाधिकारीहरू एक सय ८१ जना छन्।

  • १३ प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, १० दिनभित्र उजुरी आह्वान

    काठमाडौँ । सरकारद्वारा विभिन्न १३ मुलुकका लागि सिफारिस गरिएका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया औपचारिक

  • पक्राउ परेकालाई जथाभावी हतकडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौँ । सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई केवल पक्राउ पुर्जी जारी भएको वा कुनै अभियोग

  • महेन्द्रनगरमा भन्सारको ‘सर्जिकल स्ट्राइक’ : गोदामबाट चार ट्रक शंकास्पद सामग्री बरामद

    जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामहेन्द्रनगरस्थित एक गोदाममा जनकपुर भन्सार कार्यालय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend