Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

मानव बेचबिखन गरेको अभियोगमा एकजना पक्राउ


३, साउन २०८१
  • 182
    SHARES
  • मानव बेचबिखन गरेको अभियोगमा एकजना पक्राउ

    काठमाडौँ । नेपाल प्रहरीले भिजिट भिसामा एकजना पीडितलाई कुवेत पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

    पक्राउ पर्नेमा मोरङको रङ्गेली नगरपालिका–३ का ५७ वर्षीय कृष्ण अधिकारी भन्ने झयन्द्रकुमार अधिकारी रहेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, “बेचबिखन गरेको भन्ने पीडितको उजुरीका आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले बुधबार ललितपुर महानगरपालिका–२४ बाट निजलाई पक्राउ गरेको हो ।”

    अधिकारीले पीडितलाई दुबईको कम्पनीमा मासिक तलब रु ४० हजारसम्म हुने काममा लगाइदिने प्रलोभन देखाई रु दुई लाख नगद लिई दुबईमा अर्का अभियुक्तले भेट गरी आफू बस्ने कोठामा लगि बन्धक बनाई घरेलु काममा लगाई यौनशोषण गरी जबरजस्ती गर्भपतनसमेत गराएको पीडितको आरोप छ ।

    यसैगरी, युएईमा भन्दा कुबेतमा राम्रो तलब हुन्छ भनेर विसं २०८० वैशाख २८ गते दुबईबाट कुवेत पुर्‍याई सो एजेन्टले अर्कोलाई जिम्मा लगाएको र निजले पीडितलाई बन्धक बनाई श्रम र यौन शोषणसमेत गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रवक्ता कार्कीले बताउनुभयो ।

    पीडितले नेपाल फर्काइदिन अनुरोध गर्दा रु छ लाख ७५ हजार रकम बुझाउन भनेपछि आफन्तमार्फत उक्त रकम बुझाई विसं २०८० मङ्सिर ३ गते नेपाल फर्कन सफल भएका प्रहरीले जनाएको छ ।

    पक्राउ परेका अधिकारीमाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट पाँच दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान सुरु गरिएको प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।

  • एसपीलाई धम्क्याउने नेता अशोक यादव पक्राउ

    काठमाडौं । नेकपाका नेता अशोक यादव पक्राउ परेका छन् । मधेश प्रदेशका डीआईजी ओम अधिकारीले यादवलाई

  • सोलुखुम्बुमा हजुरबुबाको ह-त्या गरेको आरोपमा नाति प्रहरीकाे नियन्त्रणमा

    काठमाडौं ।प्रहरीले आफ्नै हजुरबुबाको हत्या गरेको आरोपमा २३ वर्षीय नातिलाई पक्राउ गरेको छ । सोलुखुम्बुमा ५०

  • प्रहरीमाथि अभद्र व्यवहारको आरोपमा युवक पक्राउ

    काठमाडौं - ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend