Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

एमालेद्धारा प्रधानमन्त्री प्रचण्डको राजीनामा माग


२०, असार २०८०
  • 114
    SHARES
  • एमालेद्धारा प्रधानमन्त्री प्रचण्डको राजीनामा माग

    काठमाण्डौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गरेको छ । बुधबार राष्ट्रिय सभा बैठक शुरु हुने बित्तिकै राष्ट्रिय सभाका एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले प्रधानमन्त्री दाहालले व्यवसायी प्रितम सिंहको पुस्तक विमोचन गर्नेक्रममा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै तत्काल राजीनामा दिन माग गरेका हुन् । 

    उनँले आफूहरुको सो माग पूरा नभई संसद बैठक चल्न नदिने अडान राखे । नेता दाहालले प्रधानमन्त्री दाहालले आफू व्यवसायी सिंहको प्रयासमा भारतको इसारामा प्रधानमन्त्री बनेको अभिव्यक्ति दिएकाले भारतको इसारामा बनेको प्रधानमन्त्री आफ्नो पार्टीलाई स्वीकार्य नहुने पटकपटक दोहोर्याए । 

    उनले भने, ‘गत १८ गते भारतीय नागरिक प्रितम सिंहको ८८ औं जन्म दिनको अवसरमा उनको छोरीले लेखेको पुस्तक विमोचन विमोचन गर्ने सन्दर्भमा हाम्रो देशका सम्माननीय प्रधानमन्त्रीज्यूको अभिव्यक्तिलाई लिएर अहिले देशव्यापी रुपमा एउटा कौतुहलता जागेको छ । यो हाम्रो देशको प्रधानमन्त्री कसले बनाउँछ रु हाम्रो देशको प्रधानमन्त्री कसले नियुक्त गर्छ । कसेको इसारामा हुन्छ रु सम्माननीय प्रधानमन्त्रीजीले त्यहाँ अभिव्यक्त गर्नु भएको छ । प्रितम सिंह राजनीतिमा पनि चासो राख्नु हुन्थ्यो । र, मलाई प्रधानमन्त्री बनाउने सन्दर्भमा उहाँ पटकपटक दिल्ली जानु भयो । र, दिल्लीमा गएर उहाँले राजनीतिक वातावरण बनाउनु भयो भन्ने आशय र यहाँ नेपालमा पनि विभिन्न नेताहरुसँग छलफल गर्ने क्रममा उहाँले भूमिका खेल्नु भयो । एउटा भारतीय नागरिक, यहाँ ब्यापार, बिजनेश गर्ने हिसावले बसेको नागरिकले यहाँ देशका नेताहरुसँग समन्वय गर्छ । 

    र, भारतमा गएर दिल्लीमा पनि नेताहरुसँग समन्वय गर्छ । र, प्रधानमन्त्री बनाउँछ । यो हाम्रो देशका लागि शीर निहुँ¥याउने विषय भएको छ । र, उहाँ स्वयम्ले यो कुरा अभिव्यक्त गर्दाखेरी हामी लज्जित भएका छौं । हामीलाई लज्जाबोध भएको छ । हामी कुन देशका नागरिक हौं रु हामीले हाम्रो देशको प्रधानमन्त्री बनाउँदा खेरी यो देशका सार्वभौमसत्ता सम्पन्न संसदले बनाउँछ कि भारतको इसारामा, दिल्लीको इसारामा बन्छ रु भन्ने कुरा आम नेपाली जनतालाई एउटा कौतुहलतापूर्वक यो कुरा सोचिरहेको छ । त्यसले गर्दा हाम्रो पार्टी नेकपा एमालेले यसलाई गम्भिर रुपमा लिएको छ । र, यसरी भारतको इसारामा प्रधानमन्त्री बन्छ भन्ने त्यो प्रधानमन्त्री हामीलाई ग्राह्य छैन । त्यो प्रधानमन्त्री हामीलाई स्विकार्य छैन । त्यसकारण हामी प्रधानमन्त्रीले यो देशका प्रधानमन्त्री जुन भनिरहनु भएको छ । उहाँले राजीनामा दिनु पर्छ । 

    उहाँलाई यो देशको प्रधानमन्त्री हुने कुनै अधिकार छैन । हक छैन । जव उहाँ दिल्लीको इसारामा प्रधानमन्त्री बन्नु भएको हो भने नेकपा एमालेलाई त्यो स्विकार्य छैन । किनभने एउटा प्रक्रियाबाट प्रधानमन्त्री बन्छ । यो देशको नियम, कानुन अनुसार प्रधानमन्त्री बन्छ यसो हेर्दाखेरी । तर, के देखियो भने उहाँ त यो त देखाउने कुरा मात्रै रहेछ । यहाँ गणितको कुरा त देखाउने कुरा मात्रै रहेछ । त्यसकारण उहाँले तुरुन्तै राजीनामा दिनु पर्छ । र, मार्ग प्रशस्त गर्नुं पर्छ । भारतको इसारामा, भारतको नेतृत्वमा, भारतको संयोजनमा भएको प्रधानमन्त्री हामीलाई स्विकार्य छैन । त्यसैले गर्दाखेरी प्रधानमन्त्रीले राजीनामा नदिउन्जेलसम्म यो बैठक अवरुद्ध गर्दर्छौं । र, यो बैठक संचालन गर्न दिँदैनौं । एमाले यो दृष्टिकोण राख्न चाहन्छु ।

    नेता दाहालले प्रधानमन्त्री दाहाल स्वयम्ले आफू भारतको इसारामा, भारतीय नागरिक सिंहको पहलमा प्रधानमन्त्री भएको अभिव्यक्ति दिनु लज्जाको विषय भएको पनि बताए । 

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend