काठमाण्डौँ । प्रतिनिधि सभाको बैठक एक घण्टा ढिला गरी शुरु भएको छ । एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागेका छन् ।
उनले राजीनामा नआएसम्म एमालेले बैठक अगाडि बढ्न नदिने बताएका छन् । त्यससँगै सभामुख देवराज घिमिरेले बैठक आधा घण्टाका लागि स्थगित गरेका छन् ।