मेक्सिको । मेक्सिकोको दक्षिणी राज्य ओक्साकामा बस दुर्घटना हुँदा २९ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । मेक्सिको सिटीबाट ओक्साकाको योसनडुआ जाँदै गरेको बस अनियन्त्रित भई नदीमा खसेको प्रहरीले जनाएको छ ।
बस ८० फिट गहिरो नदीमा खसेको हो । ज्यान गुमाउनेमा १३ महिला र एक बालक सहित २९ जना रहेको प्रहरीले जनाएको छ ।