Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कोशीमा राप्रपाले तत्काल नसघाउने


२१, असार २०८०
  • 90
    SHARES
  • कोशीमा राप्रपाले तत्काल नसघाउने

    मोरङ । कोशी प्रदेशमा नयाँ सरकार गठनको लागि प्रदेश प्रमुखले दिएको समयसीमा घर्किदै जाँदा नेपाली काँग्रेस सहितको गठबन्धनले दाबी प्रस्तुत गर्दैछ । तर दाबी प्रस्तुत गरिरहँदा पहिलो चरणमै गठबन्धनले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको समर्थन पाउने सम्भावना भने देखिएको छैन ।

    गठबन्धन दलहरुमा काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी जसपा रहेका छन् । उनीहरुसँग सभामुखसहित ४७ सांसद मात्रै छन् । बहुमतका लागि चाहिने ४७ सांसदको समर्थन हो । तर सभामुखलेसमेत सघाउनु पर्ने देखिएको छ । 

    सहज बहुमतका लागि राप्रपाकोसमेत समर्थन आवश्यक पर्ने भन्दै शीर्ष नेताको बैठकले समर्थन जुटाउने जिम्मा काँग्रेसलाई नै दिएको थियो । तर काँग्रेसले राप्रपासँग भएको छलफलबाट कुनै ठोस निष्कर्ष निकाल्न सकेको छैन । 

    विशेष गरी राप्रपासँग औपचारिक छलफलसमेत हुन सकेको छैन । ‘हामीसँग सबै राजनीतिक दलहरुले अनौपचारिक र औपचारिक रुपले कुराकानी गरिराख्नु भएको छ । धेरैजसो अनौपचारिक छलफल नै भएका छन् । कुनै पनि कुराले अहिलेसम्म ठोस आकार लिएको छैन,’ राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले भने, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीले अहिले कोशी प्रदेशको सरकार निर्माणको प्रक्रियामा काँग्रेस र एमाले नै मिलेर सरकार बनाओस् भन्ने चाहना राखेको छ । यसमा हामी नपरे हुन्थ्यो भन्ने हामीले सोचेका छौँ ।

    लिङ्देनले आजभोलि नै कुनै सहमति जुट्ने अवस्था नरहेको पनि प्रतिक्रिया दिए । ‘सरकार निर्माणका विभिन्न चरणहरु प्रारम्भ भएका छन् । त्यसमा भर्खरै दुई वा दुईभन्दा बढी दलहरू मिलेर सरकारको दाबी गर्ने चरण चलिरहेकाले अरु अरु बाँकी चरणहरु छन् । अन्तिमसम्म हेरौं न’, उनले भने ।

    लिङ्देनले प्रदेश सरकारको स्थायित्वका लागि काँग्रेस र एमाले मिल्नु पर्ने आफ्नो धारणा रहेको भए पनि अन्तिम अवस्थामा सरकारमा नगई सरकारलाई समर्थन गर्नसक्ने संकेत गरे । तर त्यसलाई राप्रपाले मध्यावधि निर्वाचन रोक्ने अन्तिम विकल्पको रुपमा लिएको छ । 

    लिङदेनले भने, ‘कांग्रेस–एमालेले सरकार बनाएन वा बनाउन सक्ने स्थिति रहेन । उनीहरु मिलेनन् भने त्यस्तो अवस्थामा हामी अन्तिम चरणमा सरसल्लाह र छलफल गरेर धारणा बनाउँछौं । बनाउनै पर्छ । हामी कसैसँग मिलिएन भने मध्यावधिमा जाने वा कसैलाई समर्थन गरेर बाहिर बस्ने अथवा कुनै ठोस उद्देश्यका लागि रणनीतिक रुपमा सरकारको उपयोग गर्ने भन्ने विषयमा छलफल गर्ने चरणमा हामी अहिले आइपुगेका छैनौं ।’ 

    उनले अगाडि थपे, ‘किनभने सरकार निर्माणका विभिन्न चरणहरु प्रारम्भ भएको छ । त्यसमा भर्खरै दुई वा दुईभन्दा बढी दलहरू मिलेर सरकारको दाबी गर्ने चरण चलिरहेकाले अरु अरु बाँकी चरणहरु छन् । अन्तिमसम्म हेरौँ न । राप्रपाको यही अडानका कारण बहुमतको सरकारको दाबी गर्ने समयावधि आज साँझ ५ बजेसम्ममा चार दलले ४७ सांसदको मात्रै समर्थन हुने गरी दाबी प्रस्तुत गर्ने भएका छन् । 

    जसमा सभामुखको संख्या पनि सरकार गठनका लागि पेश गरिने दाबीमा प्रस्तुत हुने छ । ‘अहिलेसम्मको छलफलको अवस्था हेर्दा सभामुखसहितको संख्या ४७ लिएर मुख्यमन्त्रीको दाबी जाने देखियो,’ गठबन्धनका एक नेताले भने, ‘विश्वासको मत लिने समयसम्ममा परिस्थिति बदलिएन भने अब बन्ने सरकारको आयु पनि ३० दिनको मात्रै हुने भयो ।

    जनता समाजवादी पार्टीका कोशी प्रदेश अध्यक्ष दीपक याख्खाले आफूहरुले पनि नयाँ बन्ने सरकारलाई समर्थन दिने बताए । ‘हामी समर्थन दिन्छौँ । तर सरकारमा सहभागी बन्दैनौँ,’ उनले भने, ‘कोशी नामको बारेमा पुनः विचार गर्ने लिखित प्रतिबद्धता भएमात्रै सरकारमा सहभागी हुन्छौँ । यसअघि तटस्थ बस्ने बताएको जसपाले समर्थन गरेपछि साँझ कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै चार दलले प्रदेश प्रमुख पर्शुराम खापुङलाई दाबी प्रस्तुत गर्नेछन् । ९४ सदस्यीय कोशी प्रदेश सभामा कांग्रेसका २९, माओवादी केन्द्रका १३ ९सभामुखसहित०, नेकपा एकीकृत समाजवादीका चार र जसपाका एक सांसद छन् ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend