Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

दाङ-रुपन्देही सम्पर्क समाज बुटवलद्धारा रक्तदान


१२, साउन २०८१
  • 380
    SHARES
  • दाङ-रुपन्देही सम्पर्क समाज बुटवलद्धारा रक्तदान

    बुटवल । दाङ-रुपन्देही सम्पर्क समाज बुटवलले पहिलो रक्तदान कार्यक्रम आज एक कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको छ ।

    ५८ औं रक्तसञ्चार दिवसको अवसरमा समाजले पहिलो रक्तदान कार्यक्रम गरेको हो ।  

    बुटवलको रक्तसञ्चार केन्द्रमा आयोजना गरिएको कार्यक्रममा दाङबाट रुपन्देही आएर बसेका दाङबासीहरुको उपस्थिति रहेको थियो । बुटवलमा पछिल्लो समय नियमित डायलासिस, प्रसुति, दुर्घटना र रक्तअल्पताका बिरामीहरु बढेसँगै रगतको उच्च माग बढेको छ ।

    यस अघि रगत नपाए बुटवल जानु भन्ने कथनलाई स्थापित गर्न सफल भएको नेपाल स्वयंसेवी रक्तदाता समाज बुटवललाई अहिले दैनिक रगतको मागलाई धान्न सकस पर्दै आएको छ । 

    सोही समस्यालाई मध्यनजर गर्दै दाङ रुपन्देही-सम्पर्क समाजले रक्तसंचार दिवसको अवसर पारी समाजको पहिलो रक्तदान कार्यक्रम सम्पन्न गरेको समाजका अध्यक्ष रेशम बहादुर महराले बताए ।

    उनले भने हामीले समाजलाई औपचारिक रुपमा वैधानिकता दिएपछि यो पहिलो रक्तदान कार्यक्रमको आयोजना गरेका हौँ। यसलाई अब हामीले नियमित रुपमा गर्नेछौं । 

    रगतको अभावले कोही कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले आयोजना गरिएको रक्तदान कार्यक्रममा ६० युनिट रगत सङ्कलन भएको समाजकी सचिव रमा सुवेदीले जनाएकी छिन् ।

    समाजका अध्यक्ष रेशम वहादुर महराको अध्यक्षतामा भएको कार्यक्रमकामा तुलसीपुर उपमहानगरपालिका वडा न-५ निवासी हाल बुटवल उपमहानगरपालिका वडा न-१ का वडाध्यक्ष नरेन्द्र वस्नेतको प्रमुख आतिथ्यतामा भएको थियो । 

    कार्यक्रममा बोल्ने बक्ताहरुले दाताहरुबाट संकलन गरेको रगतलाई नि: शुल्क रुपमा प्रदान गर्नुपर्ने व्यवस्था मिलाउनुपर्नेमा जोड दिएका थिए ।

  • स्वास्थ्यकर्मीमाथि हिंसा गर्नेलाई ५ वर्षसम्म कैद र ५ लाख जरिबाना प्रस्ताव

    काठमाडौँ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमण, हातपात तथा हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend