Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

‘ह्रस्व दीर्घ’ले कि पोस्टरमा राख्यो बलिउड कलाकार


१३, साउन २०८१
  • 317
    SHARES
  • ‘ह्रस्व दीर्घ’ले कि पोस्टरमा राख्यो बलिउड कलाकार

    काठमाडौँ । असोज ३ गते संविधान दिवसको अवसर पारेर प्रदर्शनको तयारीमा रहेको फिल्म हो ‘ह्रस्व दीर्घ’।

    फिल्मका निर्देशक चन्द्र पन्त हुन् । निर्माण युनिटले आइतबार फिल्मको एक नयाँ पोस्टर समेत सार्वजनिक गरेको छ ।

    सार्वजनिक पोस्टरमा हरिहर अधिकारी, कबीर सिंह दुहान, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार लगायत नेपालीदेखि साउथका कलाकारसम्म अटाएका छन् ।

    नयाँ पोस्टरले फिल्म प्रति दर्शकलाई उत्साहित जगाउन बलिउड कलाकार समेत राखिएको निर्देशक पन्तले बताए । निता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको फिल्ममा कार्यकारी निर्माता धनञ्जय गलानी हुन् ।

    फिल्ममा नीता ढुंगाना, ब्रह्मानन्दम, अली, सञ्चीता लुइँटेल, बिपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसी लगायतका कलाकारको अभिनय छ ।

    अभिनेता हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको फिल्म बलिउडका चर्चित छायाकार कवीरलालले खिचेका हुन् ।

    नेपाली, तेलुगु र हिंन्दी गरी तीन भाषामा बन्ने यो फिल्मलाई मनोज राठी र उज्ज्वल पौडेलको व्याङ्कटेस इन्टरटेनमेन्ट वितरण गर्दै छ ।

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend