काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सरकारबाटै लोकतन्त्र असुरक्षित भएको प्रतिक्रिया दिएका छन् । पोखरेलेले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीको भनाई आक्रोस पोख्दै सरकारबाटै लोकतन्त्र असुरक्षित भएको बताएका हुन् ।
उनले निष्क्रिय बनेको नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपतिको कदम , आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह पटक पटक दिल्ली गएको प्रधानमन्त्रीको अभिव्यक्ति र कोशी प्रदेशमा सरकार गठनमा सभामुखको दुरुपयोगले राष्ट्र र लोकतन्त्रको लागी खतरा भएको बताए ।
महासचिव पोखरेलले यस्ता घटना र प्रवृत्तिको जति आलोचना गरे पनि कम हुने भन्दै सत्ता गठबन्धनमा सहभागी दलहरूको बचाउले राष्ट्रियता र लोकतन्त्रको चीरहरण भएको बताए ।