Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

‘आदिपुरुष’ का लेखक मनोजले हात जाेडेर मागे माफी


२३, असार २०८०
  • 278
    SHARES
  • ‘आदिपुरुष’ का लेखक मनोजले हात जाेडेर मागे माफी

    निर्देशक ओम राउतको फिल्म ‘आदिपुरुष’ को रिलिजलाई लिएर निकै विवाद भयो। रामायणको कथामा आधारित भएको भनिएको फिल्मले दर्शकले सोचे अनुरुप मनाेरन्जन दिन सकेन।  

    दर्शकको अपेक्षा पुरा नभएपछि निकै आलोचित बनेको यो फिल्मका निर्देशक र लेखक सामाजिक सञ्जालमा  निकै ट्रोलको शिकार बने।  

    मुख्य त फिल्मका संवादका कारण लेखक मनोज मुन्तासिरलाई सामाजिक सञ्जालमा ट्रोल गरिएका थिए। ट्रोल भएपछि अब भने मनोज मुन्तासिरले हात जोडेर माफी मागेका छन् ।  

    मनोज मुन्तासिरले ट्वीट गर्दै श्री रामका फ्यान, सन्त र भक्तहरूको भावनामा चोट पुर्‍याएकोमा माफी मागेका छन्।  उनले आफ्नो ट्विटमा लेखेका छन्– ‘आदिपुरुष फिल्मबाट जनताको भावनामा चोट पुगेको म स्वीकार गर्दछु। मेरा सबै दाजुभाइ दिदीबहिनी, ज्येष्ठ नागरिक, आदरणीय ऋषि मुनीहरू तथा श्री रामका भक्तजनहरूमा हात जोडेर निःशर्त माफी चाहन्छु। भगवान बजरंगबलीले हामी सबैको कल्याण गरून्, हामीलाई एक र अटूट रहन र हाम्रो पवित्र शाश्वत र महान देशको सेवा गर्ने शक्ति प्रदान गर्नुहोस्!'  

    मनोज मन्तशिरले फिल्मका संवाद रामायणको समयका अनुसार नभई आजको बोलचाल अनुसार लेखेको दर्शकको आरोप छ। मनोज मन्तशिरले अझै पनि संवादलाई लिएर जनताको आक्रोशको सामना गर्नु परेको छ। ट्रोल गरेपछि लेखकले धेरै पटक स्पष्टीकरण पनि दिएका छन् र अब उनले माफी पनि मागेका छन्।  

    ‘आदिपुरुष’ मा देखाइएका हनुमान, रावण, इन्द्रजित जस्ता पात्रका संवादबाट आक्रोशित दर्शकले चलचित्र बहिष्कार गर्न माग गरेका छन्। उच्च अदालतले सेन्सर बोर्ड र फिल्मका निर्माता–निर्देशकलाई निर्देशन गरेपछि निर्माताले संवाद परिवर्तन गर्ने निर्णय गरेको हो। अहिले फिल्मका संवादहरू परिवर्तन भएका छन् । ‘आदिपुरुष’ को सम्पादित संस्करण मात्रै हलमा प्रदर्शन भैरहेको छ। तर पनि फिल्मले दर्शकको मन जित्न सकेको छैन।  

    यो फिल्मको एक संम्वादका कारण नेपालमा पनि केही स्थानीय सरकारले फिल्म प्रदर्शनमा रोक लगाएका थिए।  फिल्ममा सीतालाई 'भारतीय छोरी' भनिएको भन्दै काठमाडौं महानगर पालिकाका मेयर बालेन शाहले फिल्म प्रदर्शन गर्न नदिने घोषणा गरे।पछि पोखरा महानगरपालिकाका मेयर धनराज अाचार्य र धरान उपमहानगर पालिकाका मेयर हर्क सम्पाङले समेत फिल्म प्रदर्शनमा रोक लगाए।  

    नेपालमा फिल्म प्रदर्शनमा रोक लगाएपछि फिल्मका लेखक मनोज नेपालको सम्बन्धमा अर्को विवादास्पद प्रतिक्रिया दिएका थिए। जसका कारण नेपालमा उनको चर्को आलोेचना भयो। लेखक मनोज मुक्तिशिरले नेपाल भारतबाट अलग भएको दावी गरेका थिए। भारतीय टेलिभिजन ‘आज तक’संग कुराकानी गदै उनले नेपाल भारतबाट १९०३र१९०४ तिर मात्रै अलग भएको दावी गरेका थिए।  

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend