Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

लुम्बिनी प्रादेशिक अस्पतालमा एआरभी भ्याक्सिन नहुँदा विरामीले सास्ती ब्यहोर्दै 


२३, असार २०८०
  • 213
    SHARES
  • लुम्बिनी प्रादेशिक अस्पतालमा एआरभी भ्याक्सिन नहुँदा विरामीले सास्ती ब्यहोर्दै 

    रुपन्देही । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा एआरभी भ्याक्सिन सकिएपछि बाहिरबाट किनेर लगाउन सेवाग्राहीहरु बाध्य भएका छन् । झण्डै तिनहप्तादेखि भ्याक्सिन नहुँदा विरामीहरुले अस्पताल परिषरभित्र रहेको फार्मेसीबाट किनेर लगाउन बाध्य भएका हुन् ।

    लामो समय भ्याक्सिनको उपलब्ध नहुँदा बाहिरबाट साढे ५ देखि ७ सय रुपैयाँसम्म किनेर लगाउन बाध्य भएको पाल्पाको नुवाकोटकी ज्योति गुरुङले वताईन् । सरकारी अस्पतालमा निस्शुल्क हुन्छ भनेर आएको तर यहाँ त बाहिरबाट भ्याक्सिन किनेर लगाउनुपर्ने रहेछ, मर्कामा परियो ४ पटक लगाउनु पर्छ रे सुद्धोधन गाउँपालिका-२ कि कला हमालले भनिन् ।
     
    गोलपार्कका राज मगर पनि घरपालुवा कुकुरको बच्चाले टोकेर भ्याक्सिन लगाउन आएको भेटिए । उनले भने चार पटक लगाउनुपर्ने डाक्टर साबले भन्नुभएको छ । सरकारीमा निःशुल्क भनेर आएको त किनेर लगाउनु पर्ने रहेछ बाहिर र सरकारीमा लगाउन केही फरक देखिएन । सरकारी अस्पतालबाट लगाएमा ३ पटक लगाए हुने तर बाहिर किनेर ल्याएको भ्याक्सिन ४ पटक लगाउनुपर्ने बताईएको छ। 

    भ्याक्सिन नआउँदा विरामीहरुले डाक्टर र प्यारामेडिक्स स्टापहरु सँग सरकारीमा आएर पनि बाहिरबाट किनेर ल्याउनुस् भन्ने भनेर झर्किने र आफुहरु मर्कामा परेको गुनासो गर्ने गरेको अस्पतालका एआरभी शाखा प्रमुख तिलक गौतमले बताएका छन्। उनले भ्याक्सिनको तत्काल आपूर्ति गर्नका लागि गत जेठ २५ गते एक सूचना जारी गरी माग गरिएपनि हालसम्म अस्पतालमा एआरभी भ्याक्सिन नआउँदा सेवा विस्तारमा समस्या पर्नुको साथै विरामीले मुद्धा समेत हाल्छु भन्ने समेतका अभिव्यक्ति सहँदै अस्पतालमा आउने विरामीहरुलाई बाहिरबाट किनेर ल्याएको भ्याक्सिन लगाएर सेवा दिदै आएको बताए । 


    निस्शुल्क हुँदा दैनिक १ सय जना विरामी आउने गरेकोमा तर अहिले बाहिरबाट किनेर लगाउनुपर्ने भएपछि विरामीहरुको संख्या ४० प्रतिशत घटेको जनाईएको छ । प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र लुम्बिनी प्रदेश बुटवल कार्यालयलाई सूचना गर्दा केन्द्रमा मौज्दात नरहेको जनाउँदै भ्याक्सिन स्वास्थ्य सेवा विभाग काठमाण्डौंमा माग गरिएपनि तर हालसम्म उक्त भ्याक्सिन प्राप्त नभएको र प्राप्त भएपछि उपलब्ध गराइने प्रतिक्रिया दिएको अस्पताल एआरभी शाखा प्रमुख गौतमले जनाएको छ ।

    यता प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र लुम्बिनी प्रदेश बुटवल कार्यालयका भ्याक्सिन कोर्डिनेटर हरि आचार्यलाई सम्पर्क गरि भ्याक्सिनको बिषय निकाले लगत्तै आफु कार्यक्रममा रहेको र केही घण्टापछि सम्पर्क गर्न भनेर तर्किए ।

    dfffff.jpg

  • स्वास्थ्यकर्मीमाथि हिंसा गर्नेलाई ५ वर्षसम्म कैद र ५ लाख जरिबाना प्रस्ताव

    काठमाडौँ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमण, हातपात तथा हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend