काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले एमालेको संसद अवरोध बचपना र आग्रहपूर्ण रहेको बताएका छन् । काठमाडौंमा संचारकर्मीहरु कुरा गर्दै भुसालले एमालेको संसद अवरोधको कुनै तुक नभएको बताए ।
भुसालले एमाले अध्यक्ष केपी शर्मा ओलीमा सत्ताबाट बाहिरिनु परेको पीडा र छटपटी देखिएको टिप्पणी गरे । उनले बिना कारण संसद अवरोध गरेर गलत राजनीतिक अभ्यास गरिरहेको आरोप लगाए । उनले प्रधानमन्त्रीले पनि औपचारिक र राजनीतिक कुरा मात्र बोल्नुपर्नेमा जोड दिए ।