Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

फ्राईडे रिलिज : देशभरका हलमा ‘नम्बरी सुन’


२५, साउन २०८१
  • 235
    SHARES
  • फ्राईडे रिलिज : देशभरका हलमा ‘नम्बरी सुन’

    काठमाडौँ । साउनको पहिलो र दोस्रो साता प्रदर्शनमा आएका फिल्म ‘ईश्वर’ र ‘मोदीबेनी’ले राम्रो दर्शक पाउन नसके पनि तेस्रो साता अर्थात आज शुक्रबारबाट फिल्म ‘नम्बरी सुन’ प्रदर्शनमा आएको छ ।

    फ्राइडे रिलिजको परम्परा धान्दै देशभर एकसाथ आएको फिल्मले सिंगल सोलो रिलिज अवसर पाएको छ । फिल्मप्रति दर्शकलाई आकर्षित गर्न निर्माताले सुन उपहार योजना समेत ल्याएका छन् ।

    ‘खल्ती एप’बाट फिल्मको टिकट काट्ने ५ जना र हलमै गएर टिकट काट्ने ७ जनालाई सुनको मोतीवाला चन्द्रहार प्रदान गरिने केही अगाडि एक कार्यक्रम सहमति घोषणा भएको थियो ।

    उपहार ‘लक्की ड्र’ मार्फत सार्वजनिक गरिने प्रस्तुतकर्ता नारायण खातीले बताए । सुन उपहार योजनाले फिल्मको व्यापारमा ठूलो फाइदा पुग्ने विश्वास निर्माण टिमको छ ।

    राजु गिरीको निर्देशन रहेको फिल्ममा नम्रता सापकोटा, गौरव पहाडी राजाराम पौडेल, राजेन्द्र खड्गी, सरोज खनाल, सविन बाँस्तोला, बुद्धि तामाङ, विनोद न्यौपाने, नारायण खाती, किरण नेपाली, गीता अधिकारी, कंगना गिरी, राजेन्द्र गिरी, अस्मिता न्यौपाने आदिको अभिनय छ । फिल्मको निर्मातामा सरोज खाती, सविन खाती र मनोज रिजाल रहेका छन् ।

    शिवम् अधिकारीको पटकथा तथा संवाद, अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको सङ्गीत, रामजी लामिछानेको नृत्य निर्देशन, समीर मियाँको भीएफएक्स, दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व तथा गौतमराज खड्काको सम्पादन फिल्ममा छ । 

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend