Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

मानव तस्करी नियन्त्रणका लागि छुट्टै कानून बनाउन सर्वोच्चको निर्देशनात्मक आदेश


२९, साउन २०८१
  • 196
    SHARES
  • मानव तस्करी नियन्त्रणका लागि छुट्टै कानून बनाउन सर्वोच्चको निर्देशनात्मक आदेश

    काठमाडौँ । सर्वोच्च अदालतले मानव तस्करी नियन्त्रणका लागि छुट्टै कानून बनाउन सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ ।

    जाजरकोट शिवालयका खेमबहादुर नेगीविरुद्धको मुद्दामा न्यायाधिशद्वय हरिप्रसाद फुयाँल र विनोद शर्माको संयुक्त इजलासले यस्तो फैसला सुनाएको हो ।

    मानव तस्करीसम्बन्धी छुट्टै कानून बनाउन र वैदेशिक रोजगारी सम्बन्धी प्रोटोकल अनुमोदन गर्न फैसलाको पूर्णपाठमा भनिएको छ ।

    मानव बेचबिखन तथा ओसारपसार मुद्दामा नेगीले सफाइ पाएका छन् । सर्वोच्चले मुद्दामा मानव तस्करीको लामो व्याख्या गरेको छ । सर्वोच्चले मानव तस्करीसम्बन्धी उचित र पूर्ण कानूनी प्रावधान गर्न भनेको छ । फैसलाको पूर्णपाठमा फौजदारी न्यायको मान्य सिद्धान्त अनुसार जुन कसुर भएको हो त्यसैमा सजाय गर्नुपर्ने व्याख्या गरिएको छ ।

    मानव तस्करीको कार्यलाई मानव बेचबिखन तथा ओसारपसारमा परिणत गरी अभियोग लगाएको आधारमा मात्र प्रतिवादीलाई सजाय गर्नु न्यायोचित देखिँदैन फैसलाको पूर्णपाठमा भनिएको छ । पूर्ण र स्पष्ट कानून नहुँदा यस्ता घटनालाई सिधै मानव तस्करीमा मुद्दा चलाउन सकिने अवस्था देखिँदैन ।

    परिणामस्वरूप मानव तस्करीका घटनालाई पनि मानव बेचबिखन, मानव ओसारपसार, वैदेशिक रोजगार ठगीजस्ता मुद्दामा समेटिएको देखिन्छ,’ पुर्णपाठमा भनिएको छ, ‘मानव तस्करीका सम्बन्धमा प्रस्तुत फैसलालाई समेत आधार मानी उपयुक्त पूर्ण र स्पष्ट कानूनी व्यवस्थाको प्रबन्ध गर्न नेपाल सरकार गृह मन्त्रालयलाई ध्यानाकर्षण गर्न फैसलाको प्रतिलिपीसहति लेखी पठाउनू ।’

    सर्वोच्चले बाँके जिल्ला अदालत र उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासको फैसलालाई सदर गरेको छ । फैसलाको पूर्णपाठमा भनिएको छ, ‘कसुरको स्वरूप, प्रकृति हेरी एकिन गरी मानव बेचबिखन, मानव ओसारपसार, वैदेशिक रोजगारी सम्बन्धी कसुर, ठगी वा मानव तस्करी के मा मुद्दा चलाउने भन्ने सम्बन्धमा नेपाल प्रहरी र महान्यायाधिवक्ताको कार्यालयलाई समेत फैसलाको प्रतिलिपिसहित ध्यानाकर्षण गर्न लेखी पठाउनू ।’

  • १३ प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, १० दिनभित्र उजुरी आह्वान

    काठमाडौँ । सरकारद्वारा विभिन्न १३ मुलुकका लागि सिफारिस गरिएका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया औपचारिक

  • पक्राउ परेकालाई जथाभावी हतकडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौँ । सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई केवल पक्राउ पुर्जी जारी भएको वा कुनै अभियोग

  • महेन्द्रनगरमा भन्सारको ‘सर्जिकल स्ट्राइक’ : गोदामबाट चार ट्रक शंकास्पद सामग्री बरामद

    जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामहेन्द्रनगरस्थित एक गोदाममा जनकपुर भन्सार कार्यालय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend