Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

विराज भट्टको ‘१२ गाउँ’ पनि दशैंको फूलपातीमा रिलिज हुने


३०, साउन २०८१
  • 163
    SHARES
  • विराज भट्टको ‘१२ गाउँ’ पनि दशैंको फूलपातीमा रिलिज हुने

    काठमाडौं । विराज भट्ट निर्देशित फिल्म ‘१२ गाउँ’ले दसैं फूलपातिलाई प्रदर्शन मितिको रुपमा घोषणा गरेको छ ।

    मंगलबार बेलुका टिजर पोस्टर सार्वजनिक गर्दै निर्देशक भट्टले यसबारे जानकारी दिएका हुन् । दसैं फूलपाति अर्थात असोज २४ मा अब ‘१२ गाउँ’सहित ‘छक्कापञ्जा ५’ र ‘ज्वाइँ साब’ पनि रिलिज हुनेछन् ।

    विराजले छोरा समीरको एक्सन लुक समेटिएको पोस्टर सेयर गर्दै लेखेका छन्, ‘लामो समय देखि सिनेमा क्षेत्रमा काम गर्दै दर्शकले मलाई एक्सन फिल्ममा साथ दिदैं गर्दा नेपाली एक्सन फिल्मलाई अन्तराष्ट्रिय स्तरमा कसरी चिनाउने भन्ने मेरो चिन्तन र यसपटक १२ गाउँमार्फत मैले त्यो प्रयास गरेको छु ।

    यसमा समीर भट्टले पनि लामो समयदेखि आफ्नो अभ्यासलाई दसौँ वर्ष एउटा तपस्वी जस्तै निरन्तरता दिएको छ । मलाई आशा छ दर्शकको माया, साथ र आशीर्वाद १२ गाउँ लाई मिल्ने छ ।’

    यो पोस्टरमा टिजर चाँडै आउने जनाइएको छ । यो फिल्मबाट पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का र म्युजिक भिडियो मोडल सनिशा भट्टराईले पनि डेव्यु गर्दैछन् ।

    फिल्ममा मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, सुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय रहनेछ ।

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend