Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

यातायात कार्यालयका कम्प्युटर अधिकृत रेग्मीविरुद्ध भ्रष्टाचार मुद्दा


३१, साउन २०८१
  • 156
    SHARES
  • यातायात कार्यालयका कम्प्युटर अधिकृत रेग्मीविरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौँ । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र एकान्तकुना, कार्यालयमा कार्यरत कम्प्युटर अधिकृत बासुदेव रेग्मीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार रेग्मीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

    अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार सेवाग्राहीको सवारी चालक अनुमति पत्र कार्यालयको अभिलेख सच्चाई नवीकरण गर्ने गराउने प्रयोजनको लागि सेवाग्राहीबाट घुस लिएको पुष्टि भएकाले विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

    आयोगले २० हजार रुपैयाँ विगो कायम गरी बिगो बमोजिम जरिवाना र सजाय मागदाबी लिई मुद्दा दायर गरेको छ ।

    एक सेवाग्राहीको सवारी चालक अनुमति पत्रमा वर्ग ‘बी’ थप गर्न दिएको प्रयोगात्मक परीक्षाको चेक लिस्टमा उनी पास भएको जनिएको तर इलेक्ट्रिक ड्राइभिङ लाइसेन्स रजिस्ट्रेसन सिस्टमको परीक्षा स्टाटसमा फेल भएको र उक्त विवरण सच्चाउन कम्प्युटर अधिकृत रेग्मीले २० हजार रुपैयाँ घुस लिएको पाइएको अख्तियारका प्रवक्ता घिमिरेले बताए ।

  • १३ प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, १० दिनभित्र उजुरी आह्वान

    काठमाडौँ । सरकारद्वारा विभिन्न १३ मुलुकका लागि सिफारिस गरिएका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया औपचारिक

  • पक्राउ परेकालाई जथाभावी हतकडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौँ । सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई केवल पक्राउ पुर्जी जारी भएको वा कुनै अभियोग

  • महेन्द्रनगरमा भन्सारको ‘सर्जिकल स्ट्राइक’ : गोदामबाट चार ट्रक शंकास्पद सामग्री बरामद

    जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामहेन्द्रनगरस्थित एक गोदाममा जनकपुर भन्सार कार्यालय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend