Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

टीआरसी विधेयकविरुद्धको रिट टुङ्गियो, दरपिठ पनि सदर गर्न सर्वोच्चको आदेश


६, भदौ २०८१
  • 224
    SHARES
  • टीआरसी विधेयकविरुद्धको रिट टुङ्गियो, दरपिठ पनि सदर गर्न सर्वोच्चको आदेश

    काठमाडौँ । सर्वोच्च अदालतले सङ्क्रमणकालीन न्यायका लागि सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी) विरुद्धको रिटलाई टुङ्गोमा पुर्‍याएको छ ।

    विधेयक रोक्न माग गरिएको रिटलाई सर्वोच्च प्रशासनले दरपिठ (दर्ता अस्वीकार) गरेकामा यसविरुद्ध परेको रिटलाई इजलासले सदर गरेको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले सर्वोच्च प्रशासनबाट भएको दरपिठलाई सदर गरेको हो ।

    विधेयकविरुद्ध अधिवक्ताद्वय डा.ज्ञान बस्नेत र  श्यामकृष्ण मास्के अदालत पुगेका थिए । रिट दर्ताको गर्न नमिल्ने भन्दै सर्वोच्च प्रशासनले दरपिठ गरिदिएको थियो ।

    प्रशासनले विधेयक निर्माण हुने प्रक्रियामै रहेकाले अहिले नै रिट दर्ता हुने अनि सुनुवाइका लागि परिपक्व समेत नभएको भन्दै दरपिठ गरेको थियो ।

    विधेयक प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा पुगेको छ । तर उनीहरूले विधेयकमा धेरै त्रुटि भएको र यसअघि सर्वोच्चबाट भएको फैसला समेत उल्लङ्घन भएको दाबी गर्दै रिट दिएका थिए ।

    विधेयकमा रहेका विभिन्न बुँदाहरू नेपालको संविधान, राष्ट्रिय कानुन तथा नेपाल पक्ष भएको अन्तर्राष्ट्रिय सन्धि सम्झौता र अन्तर्राष्ट्रिय अभ्यास विपरीत भएको, पीडकलाई उन्मुक्ति दिने र पीडितलाई झन् पीडित बनाउने हिसाबले अगाडि बढेको  दाबी रिटमा गरिएको छ ।

    सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले रिट निवेदन दरपिठ गर्ने सर्वोच्च प्रशासनको निर्णय सदर भएको बताए ।

    सर्वोच्चले उक्त रिट दरपिठ सदर गरेपछि सङ्क्रमणकालीन न्याय सम्बन्धी प्रक्रिया रोक्न अव तत्काल अरू रिट जाने सम्भावना सकिएको छ ।

    यो विधेयक आगामी भदौ ९ गते राष्ट्रिय सभाबाट पारित गर्ने तयारी रहेको छ । विधेयक पारित भएर राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि लागू हुने छ ।

  • १३ प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, १० दिनभित्र उजुरी आह्वान

    काठमाडौँ । सरकारद्वारा विभिन्न १३ मुलुकका लागि सिफारिस गरिएका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया औपचारिक

  • पक्राउ परेकालाई जथाभावी हतकडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौँ । सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई केवल पक्राउ पुर्जी जारी भएको वा कुनै अभियोग

  • महेन्द्रनगरमा भन्सारको ‘सर्जिकल स्ट्राइक’ : गोदामबाट चार ट्रक शंकास्पद सामग्री बरामद

    जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामहेन्द्रनगरस्थित एक गोदाममा जनकपुर भन्सार कार्यालय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend