काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भावुकताका कारण आफु समस्यामा परेको बताएका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा आफ्नो अभिव्यक्ति बारे स्पष्टीकरण दिदै प्रधानमन्त्री प्रचण्डले आफ्नो भावुकताका कारण आफु समस्यामा परेको बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले पुस्तक विमोचनको कार्यक्रममा आफु प्रधानमन्त्री नभइ आफ्नो ठूली छोरीको बुवा भएर बोलेको प्रतिक्रिया दिएका छन् । उनले छोरी ज्ञानुको उपचारका क्रममा भएका कुरा त्यहाँ गरेको बताउदै अहिले आफु नबोलेको भए पनि हुने थियो भन्ने लागेको बताए । उनले आफु त्यो दिन अलि भावुक बनेको र त्यसदिन प्रधानमन्त्रीको रुपमा नभई ज्ञानु (छोरी)को बुबा भएर बोलेको बताए ।