Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

वायु प्रदूषणका कारण बर्सेनि ४८ हजारभन्दा बढी नेपालीको मृत्यु


१६, भदौ २०८१
  • 273
    SHARES
  • वायु प्रदूषणका कारण बर्सेनि ४८ हजारभन्दा बढी नेपालीको मृत्यु

    काठमाडौँ । नेपालमा वायु प्रदूषणका कारण बर्सेनि ४८ हजार भन्दा बढी नेपालीको मृत्यु हुने गरेको पाइएको छ ।

    काठमाडौँ उपत्यकामा मात्रै वर्षमा ५ हजारभन्दा बढीको मृत्यु हुने गरेको विभिन्न अध्ययनहरूले देखाएको वातावरणविद् भूषण तुलाधरले जानकारी दिए ।

    ‘वायु प्रदूषणले बालबालिका, महिला र सीमान्तकृत समुदायमा परेको असरसम्बन्धी एक अन्तरक्रिया कार्यक्रम’ मा बोल्दै तुलाधरले काठमाडौँको प्रदूषण विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड भन्दा ८ गुणा बढी रहेको समेत बताए ।

    तुलाधरका अनुसार विश्वमा ९९ प्रतिशत मानिसहरू प्रदूषित वायु भएको ठाउँमा बस्ने गरेका छन् । ‘वायु प्रदूषणकै कारण विश्वभर प्रत्येक वर्ष ८१ लाख मानिसको मृत्यु भएको छ, वातावरणविद् तुलाधरले भने, ‘यी मध्ये ९० प्रतिशत मृत्यु कम र मध्यम आय भएका देशहरूमा हुने गरेको छ ।’

    सन् २०२१ को तुलनामा सन् २०२२ मा नेपालको वायु प्रदूषण करिब १८ प्रतिशतले घटेको छ । तर, अझै पनि नेपालको वायु प्रदूषण विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड भन्दा ८ गुणा बढी छ । यसलाई घटाएर विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड पुर्‍याउन सके हरेक नेपालीको आयु ३ दशमलव ४ वर्ष र काठमाडौँबासीको उमेर २ दशमलव ६ वर्ष बढ्ने विभिन्न अध्ययनहरूले देखाएको तुलाधरले बताए ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा.समीरकुमार अधिकारीका अनुसार नेपालमा जलवायु परिवर्तनको असर चरम मौसमी घटनाबाट अनुभव गर्न सकिन्छ । हाल दिन र रात दुवै पहिलेका तुलनामा तातो भइरहेका छन् । अर्थात् चिसो दिन र रातको सङ्ख्या कम हुँदै गएको पाइन्छ ।

    अधिकारीले भने, ‘विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०३० देखी २०५० को बिचमा जलवायु परिवर्तनले मलेरिया, कुपोषण, झाडापखाला र गर्मीका कारण थप दुई लाख पचास हजार मान्छेको मृत्यु हुने अनुमान छ ।’

    काठमाडौँमा सबैभन्दा बढी सवारी साधनले नै वायु प्रदूषण गराएको उनको भनाइ छ । हाल जलवायु तथ्याङ्क आदान प्रदान गर्न स्वास्थ्य सेवा विभाग र जल तथा मौसम विज्ञान विभाग बिच सम्झौता भएको पनि अधिकारीले बताए । कान्ति बाल अस्पतालका चिकित्सक डा.जगतजीवन घिमिरेले दक्षिण एसियामै नेपालका बालबालिका वायु प्रदूषणको बढी जोखिममा परेको बताए । 

     

  • स्वास्थ्यकर्मीमाथि हिंसा गर्नेलाई ५ वर्षसम्म कैद र ५ लाख जरिबाना प्रस्ताव

    काठमाडौँ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमण, हातपात तथा हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend