Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कुखुराको मासुमा तौल बढाउन सिरिञ्जबाट पानी हालिन्छ : सांसद मगर


१८, भदौ २०८१
  • 240
    SHARES
  • कुखुराको मासुमा तौल बढाउन सिरिञ्जबाट पानी हालिन्छ : सांसद मगर

    काठमाडौँ । एमाले सांसद प्रतिनिधि सभा सदस्य रणकुमारी वलम्पाकी मगरले दैनिक उपभोग्य वस्तुमा अत्यधिक विषादी मिसावट हुने गरेको भन्दै नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएकी छन् ।

    उनले व्यापारीहरूले आफूले खाने सामाग्री र बजारमा बेच्ने सामाग्री फरक फरक ढंगले उत्पादन गर्ने गरेको भन्दै व्यपारीहरुले नै फेरि व्यापार व्यवसाय नभएको भनेर गुनासो गर्ने गरेको बताएकी हुन् । ‘हामीले प्रयोग गरेका सामग्रीहरू कस्ता छन् ?’, उनले प्रश्न गर्दै भनिन्, ‘सबै विषादी मिसिएका ।’

    उनले दैनिक प्रयोग गर्ने खाद्य सामाग्रीहरु तरकारी, फलफूल र कुखुराको मासुमा मिसावट र तौल बढाउन सिरिञ्ज प्रयोग गर्ने गरेको बताइन् ।

    ‘घिउमा डाल्डा मिसाउने, महमा चिनी, दुधमा पाउडर, बेसारमा रङ र पीठो मिसाउने, मसलामा काठको धुलो, सिस्नुको धुलोमा स्कुसको पातको धुलो मिसाइने गरेको छ’, उनले भनिन्, ‘कुखुराको मासुमा तौल बढाउन सिरिञ्जबाट पानी मिसाएर तौल बढाएर व्यापारीहरूले बेच्नुहुन्छ । अनि तपाईँहरूको व्यापार व्यवसाय बढ्छ ?’

    उनले यस्तो मिसावट र विषादीका कारण मानिसहरू मुटु, मिर्गौला र क्यान्सरजस्ता रोग लागेर अस्पतालमा छटपटाउनुपरेको भन्दै यसबारे सरकार र सरोकारवालाको ध्यानाकर्षण गराइन् ।

  • स्वास्थ्यकर्मीमाथि हिंसा गर्नेलाई ५ वर्षसम्म कैद र ५ लाख जरिबाना प्रस्ताव

    काठमाडौँ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमण, हातपात तथा हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend