Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

लामो दुरीमा २ चालक अनिवार्य राख्न सर्वोच्चको आदेश


२७, भदौ २०८१
  • 140
    SHARES
  • लामो दुरीमा २ चालक अनिवार्य राख्न सर्वोच्चको आदेश

    काठमाडौँ । सर्वोच्च अदालतले लामो यातायात सेवामा कम्तीमा २ जना चालक अनिवार्य रूपमा राख्ने व्यवस्था गर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

    सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १०४ को व्यवस्था अनुसार लामो बाटोमा यातायात सेवा सञ्चालन गर्ने यात्रीवाहक सार्वजनिक सवारीमा चालक फेर्नु पर्ने व्यवस्था कार्यान्वयन गर्ने गरी अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

    ऐनको दफा १०२ ले निर्धारण गरेको सिट क्षमता भन्दा बढी यात्रुलाई सार्वजनिक सवारीमा नचढाउनु तथा सवारीभित्र यात्रुको इच्छा विपरीत ठूलो स्वरमा म्युजिक सिस्टम नबनाउन पनि आदेश दिएको छ ।

    उच्च वाहन शक्ति अर्थात् मोटरसाइकल चालकले सडक यात्रु र समाजलाई आतंकित हुने गरी ठूलो स्वर र तीव्र गतिमा मोटरसाइकल नचलाउन, १८ वर्ष उमेर पुरा नभएका नाबालकलाई परिचालकको काममा नलगाउन पनि अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

    टंकप्रसाद भट्टराई सहित १० जना रिट निवेदकको रहेको मुद्दामा सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजीजी मुसलमानको एकल इजलासले कारण देखाऊ आदेश जारीसँगै अल्पकालीन अन्तरिम आदेश जारी गर्दै अन्तरिम आदेशका लागि छलफलमा बोलाएको छ ।

    रिट निवेदकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, गृह मन्त्रालय, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र भक्तपुर नगरपालिकालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो ।

  • १३ प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, १० दिनभित्र उजुरी आह्वान

    काठमाडौँ । सरकारद्वारा विभिन्न १३ मुलुकका लागि सिफारिस गरिएका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया औपचारिक

  • पक्राउ परेकालाई जथाभावी हतकडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौँ । सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई केवल पक्राउ पुर्जी जारी भएको वा कुनै अभियोग

  • महेन्द्रनगरमा भन्सारको ‘सर्जिकल स्ट्राइक’ : गोदामबाट चार ट्रक शंकास्पद सामग्री बरामद

    जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामहेन्द्रनगरस्थित एक गोदाममा जनकपुर भन्सार कार्यालय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend