Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बिरामी उपचारमा अस्पतालको लापरबाही, क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर


२७, भदौ २०८१
  • 206
    SHARES
  • बिरामी उपचारमा अस्पतालको लापरबाही, क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर

    खजुरा । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासद्वारा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जले उपचारमा लापरबाही गरेको ठहर गर्दै मृतक परिवारलाई २६ लाख १० हजार रुपियाँ क्षतिपूर्ति दिलाउने बाँके जिल्ला अदालतले गरेको फैसला सदर गरेको छ ।

    नेपालगन्ज मेडिकल शिक्षण अस्पताल नेपालगन्जले एक बिरामीको उपचारमा लापरवाही गरेको ठहर गर्दै बाँके जिल्ला अदालतले २६ लाख १० हजार रुपियाँ क्षतिपूर्ति दिलाउने गरी गरेको फैसलालाई उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले पनि २०८१ भाद्र २५ गते जिल्लाकै फैसलालाई सदर गरेको हो ।

    उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासका वरिष्ठतम न्यायाधीश चन्द्रबहादुर सारु र गोविन्द जोशीको संयुक्त इजलासले यस्तो निर्णय गरेको पीडितका पक्षमा वकालत गरिरहेका अधिवक्ता बसन्त गौतमले जानकारी दिनुभयो ।

    मुद्दामा पीडितका तर्फबाट वरिष्ठ अधिवक्ता सुनिलकुमार श्रेष्ठका साथै अधिवक्ताहरु वसन्त गौतम, बलबहादुर चन्द, विश्वजित तिवारी र हिराबहादुर श्रेष्ठले बहस गरेको र विपक्षी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका तर्फबाट अधिवक्ता लोकबहादुर शाहले बहस गर्नुभएको थियो ।

    नेपालगन्ज उपमहानगरपालिका २ घरबारीटोलका मनितलाल श्रेष्ठको उपचारमा अस्पतालले लापरबाही गरेका कारण बिरामीको मृत्यु भएको भन्दै मृतकका श्रीमती नम्रता श्रेष्ठले बाँके जिल्ला अदालतमा ०७६ साउन ३१ गते क्षतिपूर्ति मुद्दा दायर गर्नुभएको अधिवक्ता गौतमले जानकारी दिनुभयो ।

    ज्वरो आई अस्पतालको इमरजेन्सी वार्डमा लैजादा बिरामीको उपचारमा हेलचेक्र्याइँ गरिएको, ओजिटी गर्न आएका सिकाउ विद्यार्थीलाई उपचारमा संलग्न गराएको दाबीसहित उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ५०, ५१ र ५२ अनुसार मृतकका परिवारले अस्पताल र उपचारमा लापरवाही गरेको भन्दै उपचार गर्ने भनिएका चिकित्सकका विरुद्धमा क्षतिपूर्तिको मुद्दा दायर गरेका थिए ।

    बाँके जिल्ला अदालतमा दायर क्षतिपूर्ति मुद्दाको ०७९ फागुन ११ गते सुनुवाइ हुँदा बाँके जिल्ला अदालतका न्यायाधीश विदुर काफ्लेको इजलासले अस्पतालको लापरबाहीका कारण बिरामीको मृत्यु भएको ठहर गर्दै विपक्षी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जबाट क्षतिपूर्ति दिलाउने आदेश गरेको थियो ।

    उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनमा आएपछि बाँकेमा दर्ता भएको पहिलो क्षतिपूर्ति मुद्दामा भएको अदालती निर्णयले उपभोक्ताको गुणस्तरीय सेवा पाउने अधिकारलाई संरक्षण गरेको पीडितका पक्षमा सुरुदेखि कानुनी सहयोग गर्दै आउनुभएका अधिवक्ता गौतमले बताउनुभयो ।

    मुद्दा दर्ता भएर अदालती प्रक्रियामा लामो समय लम्बिएर नेपालगन्ज उच्च अदालतबाट समेत मुद्दाको किनारा लाग्दा मृतकका परिवार अदालतको फैसलापछि खुसी भएका छन् । उच्चको फैसलापछि मृतक मनितलाल श्रेष्ठकी श्रीमती नम्रता श्रेष्ठले अदालतको फैसलाले न्यायको अनुभूति भएको बताउनुभयो ।

  • स्वास्थ्यकर्मीमाथि हिंसा गर्नेलाई ५ वर्षसम्म कैद र ५ लाख जरिबाना प्रस्ताव

    काठमाडौँ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमण, हातपात तथा हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend