Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कपिलवस्तुमा सर्पको टोकाईबाट एकै परिवारका दुई जना सहित ४ जनाको मृत्यु 


२६, असार २०८०
  • 266
    SHARES
  • कपिलवस्तुमा सर्पको टोकाईबाट एकै परिवारका दुई जना सहित ४ जनाको मृत्यु 

    कपिलवस्तु । कपिलवस्तुमा सर्पको टोकाईबाट एकै  परिवारको दुई जनाको निधन भएको छ ।  जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका अनुसार एकै परिवारका दुई जना सहित छुट्टाछुट्टै स्थानमा सर्पको टोकाईबाट ४ जनाको निधन भएको हो । 

    कपिलबस्तु बुद्धभुमि-१ कपासे  स्थित गिता भुसालको एकतले पक्की घरको कोठाभित्र  सुतिरहेको अबस्थामा सर्पले टोक्दा १२ वर्षीय दिपक भुसाल र ९ वर्षीय प्रदिप भुसालको निधन भएको प्रहरीले जनाएको छ । उनीहरुको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा निधन भएको हो ।  त्यस्तै कपिलबस्तु महाराजगंज-३ करहवाका बुद्धराम यादबको  ३० बर्षीय श्रीमती अनिता यादबलाई घरको कोठामा परालको भुस लिन जाने क्रममा गोमन सर्पले टोक्दा निधन भएको प्रहरीले जनाएको छ । उनलाई उपचारको लागी सर्पदंश उपचार केन्द्र गोरुसिंगेमा लगिएको तर त्यहाँ उपचार हुन नसकेपछि थप उपचारको लागि बुटवल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी नायक उपरीक्षक मिन बहादुर घलेले जानकारी दिए । 

    त्यसैगरी  कपिलवस्तु बुद्धभूमी-१० हरदसडिहवा केरैया रैदासको १६  वर्षीय छोरी ममता रैदासको आफ्नै कोठामा सुतीरहेको अबस्थामा सर्पले टोकेर निधन भएको छ । उनलाई उपचारको लागी गोरुसिंगे स्थित सर्पदंश उपचार केन्द्रमा लगेकोमा उक्त स्थानमा उपचार हुन नसकी थप उपचारको लागी जिल्ला अस्पताल तौलीहवामा  उपचारको क्रममा मृत्यु भएकोले प्रहरीले जनाएको छ । 

    पछिल्लो समय कपिलवस्तुमा सर्पको टोकाईबाट मृत्यु हुनेको संख्या बढेकाले सर्तकता अपनाउन प्रहरीले आग्रह गरेको छ । 

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend