Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

यस वर्षको मदन भण्डारी रूपान्तरण पुरस्कार जनगायक रामकृष्णलाई


६, असोज २०८१
  • 155
    SHARES
  • यस वर्षको मदन भण्डारी रूपान्तरण पुरस्कार जनगायक रामकृष्णलाई

    काठमाडौं । यस वर्षको ‘मदन भण्डारी रूपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार २०८०’ बाट जनगायक रामकृष्ण दुवाल सम्मानित हुने हुनुभएको छ ।

    मदन भण्डारी फाउन्डेसनले प्रत्येक वर्ष प्रदान गर्दै आइरहेको यो पुरस्कार यस वर्ष दुवाललाई प्रदान गर्न लागिएको फाउन्डेसनले जनाएको छ ।

    १ लाख रुपैयाँ नगदसहित सम्मान गरिने यो पुरस्कार दुवालले पाँच दशकदेखि नेपाली प्रगतिशील संस्कृतिका माध्यमबाट समाजलाई पुर्‍याउनुभएको योगदान स्वरूप प्रदान गर्न लागिएको फाउन्डेसनका अध्यक्ष महेन्द्र बहादुर पाण्डेले जानकारी दिनुभयो ।

    फाउन्डेसनले आफ्नो २५ औँ स्थापना दिवस तथा रजत जयन्तीका अवसरमा यो पुरस्कार प्रदान गर्ने जनाएको छ । फाउन्डेसनको रजत जयन्ती असोज ५ गते स्टाफ कलेज जाउलाखेलमा १ः ३० बजे मनाउने तयारी छ ।

    दुवालले ५ दशक बढीदेखि निरन्तर नेपालको सांस्कृतिक विविधता र जनताको एकता अनि जनताका हक अधिकार प्राप्तिका लागि संगितका माध्यमबाट जागरणको आन्दोलनको नेतृत्व गर्दै आउनु भएको छ ।

    २०३६ सालको पञ्चायती निरंकुशता विरुद्धको आन्दोलन होस वा २०४६ सालको बहुदलीय प्रजातन्त्रको स्थापनाको लागि भएको जनआन्दोलनमा दुवालले गीत संगितको माध्यमबाट जनताको आवाजमा परिवर्तन र संघर्षको उत्प्रेरणा भर्ने काम गर्नुभएको थियो ।

    दुवाल एक संघर्षशील, प्रगतिशीलताको पक्षधर, अथक साधक, जनगायकको रूपमा निरन्तर क्रियाशील रहनुभएको छ । दुवालका यी नै कामका कारण गोरखा दक्षिणबाहु लगायत दर्जनौँ पुरस्कारबाट पुरस्कृत र अभिनन्दित हुनु भइसक्नुभएको छ ।

    निरंकुशता विरोधी आन्दोलन, बहुदलीय व्यवस्था स्थापनाको लागि जनआन्दोलनदेखि लोकतान्त्रिक गणतन्त्रको स्थापनाको लागि भएको प्रत्येक जनसंघर्षमा दुवालको संलग्नता रहेकोले यो पुरस्कार यहाँलाई प्रदान गर्न लागिएको अध्यक्ष पाण्डेले बताउनुभयो ।

    फाउण्डेशनको रजत जयन्ती समारोहमा फाउण्डेशनको २५ बर्षे इतिहासलाई प्रकाशनको माध्यमबाटसमेत जानकारी गराउन खोजिएको पाण्डेले जानकारी दिनुभयो । फाउन्डेसनले रजत जयन्तीका अवशरमा ‘मिडियामा मदन भण्डारी’ नामक पुस्तकको विमोचनसमेत गर्ने तयारी भइरहेको अध्यक्ष पाण्डेले बताउनुभयो ।

    ‘जवजः नविन विचारको निरन्तरता’ भन्ने मूल नाराका साथ फाउन्डेसनले रजत जयन्तीको भव्य तयारी गरिरहेको उहाँले बताउनुभयो । पत्रकार सम्मेलनमा फाउन्डेसनका सचिव सन्तोष रावल र सचिवालय सदस्य शुशिल प्याकुरेल संञ्चारकर्मीको जिज्ञासाको उत्तर दिनुभएको थियो ।

    IMG_5481.jpgIMG_5482.jpg

  • दरबार हत्याकाण्डको सत्यतथ्य सार्वजनिक गर्न स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको सरकारलाई आग्रह

    काठमाडौं l स्वर्गीय राजा वीरेन्द्रको २५औँ स्मृति सभालाई अवसर पार्दै स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले

  • मारवाडी समुदायबाट सगरमाथा आरोहण गर्ने पहिलो महिला बनेर प्रीतिले रचिन् इतिहास

    काठमाडौं । नेपालको मारवाडी समुदायबाट पहिलो पटक प्रीति अग्रवाल रटेरियाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल

  • सुपा देउरालीको महिमा र खनाल पण्डितहरूको ऐतिहासिक योगदान

    नेपालका धार्मिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण जिल्लामध्ये अर्घाखाँची एक विशिष्ट पहिचान बोकेको जिल्ला हो

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend