Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

नयाँ लोकदोहोरी गीत ‘मगमग वासना’ सार्वजनिक


६, असोज २०८१
  • 282
    SHARES
  • नयाँ लोकदोहोरी गीत ‘मगमग वासना’ सार्वजनिक

    काठमाडौँ । गायक बद्री पङ्गेनी र गायिका रचना रिमालको स्वर रहेको नयाँ लोकदोहोरी गीत ‘मगमग वासना’ सार्वजनिक गरिएको छ ।

    लोकप्रिय सर्जक, सङ्गीतकार तथा गायक कस्तुप पन्तको शब्द तथा सङ्गीत रहेको रोमान्टिक शैलीको गीतमान शब्द निकै मिठासपूर्ण छन् ।

    गायक बद्री र रचनाको स्वरमा गीत कर्णप्रिय बानेको छ । गीतमा माया प्रेमबाटै अन्तयात्रा हुनसक्ने चर्चा गरिएको छ । गीतका शब्द सरल र मिठासपूर्ण छन् ।

    लोक तथा आधुनिक गीतसंगीतमा एउटा अलग्गै उँचाइ बनाउन सफल सर्जक पन्तको यो गीतले पछिल्लो समय लोकगीतसंगीतमा देखिएको मौलिक खडेरी टारेको छ । गीतको एरेन्ज एचबिएन किस्मतले गरेका हुन् ।

    गीतको भिडियो पनि उत्कृष्ट बनेको छ । भिडियोमा अभिनेता पल शाह र टिकटक क्वीन जुना विश्वकर्माको अभिनय छ ।

    प्रशान्त मगरको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोमा दिनेश पराजुलीको छायाङ्कन र दीपक विष्टको सम्पादन छ । गीत सर्जक कस्तुपकै अफिसियल युट्युब च्यानल कस्तुप पन्त युट्युबबाट सार्वजनिक गरिएको छ ।

    गीत सबै बर्गमा मानिसको रुचिमा ध्यानमा राखेर निर्माण गरिएको सर्जक पन्तले बताए । उनले गीतसंगीत श्रोता तथा दर्शकले रुचाउने विश्वास गरेका छन् । सार्वजनिक भए देखिनै गीतले युट्युबमा सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।

    कस्तुप पन्तको शब्द सङ्गीतमा रहेको गीत ‘मगमग वासना’ मेरो आफ्नो शैलीको निरन्तरता भएको गायक बद्री पंगेनीले बताए । ‘दर्शकले यो सुनेर प्रतिक्रिया दिनुहुनेछ भन्ने विश्वास छ’, पंगेनीले भने ‘यो गीत प्रति पनि श्रोता दर्शकको आर्सीवाद मिल्छ भन्ने विश्वास छ ।’

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend