Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सिंहदरबारका नाममा धेरै दरबार बने, जनताका न्यूनतम आवस्यकता अधुरै


८, असोज २०८१
  • 647
    SHARES
  • सिंहदरबारका नाममा धेरै दरबार बने, जनताका न्यूनतम आवस्यकता अधुरै

    सुर्खेत । नेपाल क्यानडा टुरिजम कल्चर एण्ड ट्रेडको आयोजनामा असोज ६ गते सुर्खेतको वीरेन्द्रनगरमा शिक्षा,स्वास्थ, कृषि र पर्यटन विकास विषयक कार्यक्रम सम्पन्न भएको छ ।

    कार्यक्रममा सस्थाका अध्यक्ष नर बहादुर टण्डनले कार्यक्रमका सम्पूर्ण अतिथिहरुलाई विशेष धन्यवाद दिदै कार्यक्रमको समापन साथै संस्थाले प्रकाशन गरेको टुरिजम क्षेत्र अवलोकन पुस्तक समेत अतिथिहरुलाई प्रदान गर्नुभयो । अध्यक्ष टण्डनले बजेट व्यवस्थापन र नेपाल क्यानडाको सम्बन्धका बारेमा विविध जानकारी बताउनुका साथै तीनै तहका सरकारसंग सहकार्य गरि देश बिकासमा लाग्ने बताउनुभयो ।

    उहाले भन्नुभयो देशको जनशक्ति बिदेशीनुले गाउघर सुनशान र उजाड बनेको चिन्ता व्यक्त गर्दै अब बिदेशमा रहने नेपाली दाजुभाइले पनि त्यतातिर ध्यान दिन समेत आग्रह गर्नुभयो । सिंहदरबारका नाममा धेरै दरवार बने तर जनताले शिक्षा र स्वास्थमा न्युनतम आबस्यकता समेत पुरा भएको छैन त्यसैले यस्ता खाले समस्याको समाधनको लागी हामी हातेमालो गरेर अगाडि बढेका छौ उहाँले भन्नुभयो ।

    कार्यक्रमको प्रमुख अतिथि समेत रहेका भेरीगंगा नगरपालिकाका नगर प्रमुख यज्ञ प्रसाद ढकालले सस्थाले लिएको कार्यक्रमको प्रशंसा गर्दै पालिकामा बजेट अभावको अवस्था छ तैपनि शिक्षा र स्वास्थ्यको लागि बजेट व्यवस्थापन गरि कार्यक्रमलाई जोडने प्रतिबद्धता जाहेर गर्नुभयो ।

    यसैगरी लेकबेसी नगरपालिकाका नगर प्रमुख उमेश कुमार बौडेलले कार्यक्रमलाई सहकार्य र आफनो पालिकामा पनि कार्यक्रमको लागि स्वागत गर्नुभयो । त्यसैगरी चौकुने गाउँपालिकाका अध्यक्ष नर बहादुर बास्तोला र बराहताल गाउँपालिकाका उपाध्यक्ष भीम बहादुर भण्डारी लगायतले कार्यक्रमका लागि सङ्गै हातेमालो गरेर कार्यक्रम सञ्चालन गर्न सकिन्छ भन्ने कुरा गर्नुभयो ।

    त्यसैगरी जिल्ला समन्वय समितिका सदस्य चन्द्रा कुमारी धामीले कार्यक्रम आबस्यक रहेको जानकारी दिँदै स्थानिय पालिकहरुमा शिक्षा स्वास्थको बजेटलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको थियो । 

    रिपोर्टर्स क्लब नेपालका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेशका अध्यक्ष राम कुमार क्षेत्रीले स्थानिय तहले सरसफाई र सचेतनामुलक कार्यक्रममा उदासीनता देखाउन नहुने र यस किसिमका कार्यक्रमको सहकार्यमा साथ दिनुपर्ने कुरामा जोड दिनुभयो । उहाले भन्नुभयो, सुशासनको अवस्था गिर्दो देखिन्छ , सरकार किन जनताप्रति जवाफदेही छैन ?

    कार्यक्रममा पञ्चपुरी नगरपालिकाका उपप्रमुख मुक्ति देवी रेग्मीले स्थानिय तहमा बजेटको अभाव रहेको र कार्यक्रमका लागि आवस्यक सहकार्य गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । त्यसैगरी गुर्झाकोट नगरपालिकाका उपप्रमुख किरण कुमार विकले पालिकामा देखिएका समस्याहरू समाधान गरी विकासका लागि सहकार्य गर्न सकिन्छ ।

    संस्थाका कार्यक्रम प्रबंधक डा.सुरेन्द्र विक्रम बस्नेतले कार्यक्रमको लक्ष्य उदेश्य प्रस्तुत गर्नुभयो । साथै पालिकाहरुलाई सहकार्यका लागि आग्रह गर्नुभयो । साथै सस्थाको सुर्खेत जिल्ला संयोजक पार्वती शाहीले जिल्लाका विद्यालय, स्वास्थ संस्थाको सरसफाइको अवस्था राम्रो नरहेको बताउनुभयो ।

    यसैगरी कालिकोट जिल्ला संयोजक सीता शाहीले जिल्लाको तिलागुण नगरपालिका, शुभकालिका गाउँपालिकाका साथै खाडाचक्र नगरपालिकाको विद्यालय भ्रमण प्रतिवेदन, स्वास्थ संस्थाका साथै पर्यटन क्षेत्रको भ्रमण प्रतिवेदन, साथै संस्थाले सञ्चालन गर्दै आएका किशोर किशोरीका लागि यौन शिक्षा तथा महिनाबारीका बेलामा अपनाउनुपर्ने सावधानी सम्बन्धी सचेतनामुलक कार्यक्रमका विषयमा प्रतिबेदन पेश गर्नुभएको थियो ।

    संस्थाका कार्यक्रम संयोजक सम्झना शर्माले सातै प्रदेशका विद्यालयको अनुगमन पश्चात प्राप्त प्रतिवेदन अनुसार सातै प्रदेशमा रहेका विद्यालयहरुका शौचालय अवस्था अत्यन्त अव्यवस्थित रहेको बताउनुभयो ।

    कार्यक्रममा सात प्रदेश मध्ये मधेश प्रदेश महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकाका विद्यालयमा सरसफाई रहेको, बर्दिबास नगरपालिका सातै प्रदेशमा सर्वोत्कृष्ट र महोत्तरी जिल्लाकै गौशाला नगरपालिका दोस्रो स्थानमा रहेको प्रतिवेदनमा उल्लेख गरिएको थियो ।

    IMG-20240924-WA0003.jpg

  • दरबार हत्याकाण्डको सत्यतथ्य सार्वजनिक गर्न स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको सरकारलाई आग्रह

    काठमाडौं l स्वर्गीय राजा वीरेन्द्रको २५औँ स्मृति सभालाई अवसर पार्दै स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले

  • मारवाडी समुदायबाट सगरमाथा आरोहण गर्ने पहिलो महिला बनेर प्रीतिले रचिन् इतिहास

    काठमाडौं । नेपालको मारवाडी समुदायबाट पहिलो पटक प्रीति अग्रवाल रटेरियाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल

  • सुपा देउरालीको महिमा र खनाल पण्डितहरूको ऐतिहासिक योगदान

    नेपालका धार्मिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण जिल्लामध्ये अर्घाखाँची एक विशिष्ट पहिचान बोकेको जिल्ला हो

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend