Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बुटवलमा भेटियो नक्कली मह बनाउने गिरोह


३१, वैशाख २०८०
  • 154
    SHARES
  • बुटवलमा भेटियो नक्कली मह बनाउने गिरोह

    बुटवल । बुटवल उपमहानगरपालिकाको वडा न ११ बुद्धनगर, सिर्जनानगर क्षेत्रमा लागु औषध प्रयोगकर्ताले स्थानियलाई दुःख दिएको गुनासो जनप्रतिनिधीलाई पुग्यो । गाजा खाने, टोलमा होहल्ला गर्ने युवाहरुको हर्कतले आजित भएका स्थानियहरुले जनप्रतिनधीलाई आफ्नो बेदना पोखे ।

    वडा न ११ का वडा सदस्य नहकुल शाही ठकुरीले स्थानियको गुनासो बुटवल देविनगरको प्रहरी चौकीलाई जानकारी गराए । त्यसपछि शनिबार राती लागु औषध प्रयोगकर्तालाई पहिचान गर्ने र पक्राउ गर्ने भन्दै जनप्रतिनिधी नकुल शाही ठकुरी, प्रहरी चौकी देविनरका प्रमुख लक्ष्मण न्यौपाने सहितको टोली लागु औषध प्रयोगकर्ताको सर्च अभियानमा हिड्यो ।

    त्यहि क्रममा सिर्जनानगर पुगेको टोलीलाई त्यहाँकै स्थानियले नक्कली मह बनाउने पनि सिर्जनानगरमा रहेको सूचना दिए । त्यसपछि लागु औषध प्रयोगकर्ताको सर्चमा गएको टोली नक्कली मह बनाउने गिरोहको खोजी र पहिचानमा लाग्यो ।

    प्राप्त सूचना अनुसार प्रहरी एउटा घरमा पुग्यो । त्यहाँ पुग्दा नक्कली मह बनाउन तयार पारिएको अवस्थामा एक क्युन्टल बढि नक्कली मह प्रहरी भेटियो । त्यसपछि सोही व्यक्तिबाटै थप ३ जना नक्कली मह बनाउने गिरोह सम्म प्रहरी पुग्यो ।
    ‘सुरुमा भेटिएका व्यक्तिले नै अन्य ३ जनाको पोल खुलेपछि हामी राती नै त्यहाँ पुग्यौ । हामीले ४ घरबाट शनिबार राती मात्र ४ क्युन्टल बढि नक्कली मह सहित ७ जनालाई पक्राउ गरेका हौ’ प्रहरी चौकी देविनगरका सहि लक्ष्मण न्यौपानेको भनाई छ ।

    पक्राउ पर्नेमा भारत देश विहार विरपुरका ५२ वर्षीय मनिस धामी सोही ठाउँका ५५ वर्षीय इन्द्रजित धामी, २१ वर्षीय पिन्टु धामी, ३१ वर्षीय सुधिर धामी, २० वर्षका रविन धामी, ४८ वर्षका अरुण धामी र २८ वर्षका वुदुवा धामी रहेको वडा प्रहरी कार्यालय रामनगरले बताएको छ । शनिबार राती नक्कली मह बनाउने व्यक्ति पक्राउ परेपछि आईतबार विहान सिर्जनानगरमै नक्कली मह बनाउने गिरोह भाग्न सफल भयो।

    प्रहरी र जनप्रतिनिधीको टोलीले आईतबार विहान पनि ३ वटा घरबाट नक्कली मह बरामद गरि नष्ट गरेको छ । जनप्रतिनिधी नकुल शाही ठकुरीले घर अगाडि खाडल खनी गाडेर राखेको अवस्थामा नक्कली मह फेला पारिएको बताए । शनिबार राती नै केही व्यक्ति पक्राउ परेको जानाकारी पाएपछि घरमा ताल्चा लगाएर गिरोह भागेको स्थानियहरुले बताएका छन् ।

    नक्कली मह बनाउने सवै भारतिय रहेको बताइएको छ । उनीहरुले सिर्जनानगरमा घर भाडामा लिएर नक्कली मह बनाउने र गाउँगाउँमा लगेर खुल्ला रुपमा विक्रि गर्ने गरेको बताइएको छ । मह जस्तै बनाउन नक्कली महको चाका समेत भारतबाटै ल्याउने र चिनीमा उक्त चाका पकाएपछि नक्कली मह बन्ने गरेको शाहीले बताए । नक्कली मह बनाउने गिरोहको घरबाट प्रहरीले ५० केजी भन्दा बढि भारतिय चिनी पनि बरामद गरेको छ ।

    ‘मौरीको मह भन्ने गराउन दुई÷चार वटा मौरी त्यहि राख्ने । अनि भारतबाटै मौरीको चाका जस्तै देखिने बस्तुलाई चिनी पानी बनाएर पगालेपछि मह जस्तै दुरुस्तै बनाएर गाउँमा लगेर उनीहरुले बेच्ने गरेको पाईयो’ शाहीले भने । प्रहरीले दुई दिनमा ७ घरबाट ६ क्युन्टल बढि मह बरामद गरि नष्ट गरेको छ भने ७ जनालाई पक्राउ परेको छ । बरामद गरिएको मह परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्याल भैरहवामा नमूना पठाइएको वडा प्रहरी कार्यालय रामनगरका प्रमुख अर्जुन पौडेलले बताएका छन् ।

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend