Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सरकारले स्वास्थ्य बीमा वापतको रकम नदिदाँ अस्पताल आर्थिक समस्यामा


१५, असोज २०८१
  • 229
    SHARES
  • सरकारले स्वास्थ्य बीमा वापतको रकम नदिदाँ अस्पताल आर्थिक समस्यामा

    गुल्मी । गुल्मी जिल्ला अस्पतालले नेपाल सरकार स्वास्थ्य मन्त्रालयबाट प्राप्त गर्नुपर्ने गत आर्थिक वर्षको स्वास्थ्य विमा कार्यक्रम वापतको बाँकी रकम भुक्तानी नपाउँदा आर्थिक समस्या उत्पन्न भएको छ ।

    अस्पतालमा स्वास्थ्य विमा कार्यक्रम सुरु भएपछी स्वास्थ्य सेवा लिने सेवाग्राहीको संख्या बढ्दै गएको र मन्त्रालयबाट समयमा विमा वापतको रकम भुक्तानी नपाउँदा अस्पताल आर्थिक समस्यामा परेको अस्पताल विकास समितिका अध्यक्ष गोपाल पाण्डेले बताउनुभयो ।

    गत वर्ष स्वास्थ्य बिमा मार्फत नागरिकले सेवा लिँदा आठ करोड ८७ लाख रुपियाँ सरकारले दायित्व लिएकोमा गत वर्षको मंसिर र पुष महिनामा ८० प्रतिशत मात्र रकम प्राप्त भएको र गत आर्थिक वर्षको बाँकी रकम प्राप्त नहुँदा अस्पताल आर्थिक समस्यामा परेको र यसले निकट भविष्यमा विशेषज्ञ डाक्टरसहितको सेवा प्रवाह समेत प्रभावित हुन सक्ने भएकोले समयमै भुक्तानीका लागि मन्त्रालयलाई अनुरोध गरिएको अध्यक्ष पाण्डेले बताउनुभयो ।

    अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम सेवा संचालन गरे वापत गत आर्थिक वर्षको तीन करोड ५५ लाख रकम सरकारबाट प्राप्त गरेपनि बाँकी चार करोड ३४ लाख रकम र यस आर्थिक वर्षको रकम भुक्तानी लिन बाँकी रहेको अस्पतालका प्रमुख डाक्टर अर्जुन केसीले बताउनुभयो । अस्पताल प्रमुख डाक्टर केसीले २०७६ सालबाट गुल्मी अस्पतालमा सुरु भएको स्वास्थ्य बिमा कार्यक्रमबाट हालसम्म नयाँ पुराना गरी ५७ हजार १ सय ३१ जनाले स्वास्थ्य सेवा लिएको र सेवा लिनेको संख्या प्रत्यक वर्ष बढ्दै गएको बताउनुभयो ।

    गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याई सामाजिक स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने, स्वास्थ्य सेवाका क्षेत्रमा पूर्वभुक्तानी र जोखिम न्यूनीकरणको व्यवस्था गरेर सर्वसाधारणका लागि थप वित्तीय संरक्षण प्रदान गर्ने, वित्तीय साधनको समतामूलक परिचालन गर्ने, स्वास्थ्य सेवा प्रवाहका क्रममा सेवाको गुणस्तर, प्रभावकारिता, दक्षता र जवाफदेहीतामा सुधार ल्याउने मुख्य उदेश्यले २०७२ सालदेखि नेपाल सरकारले यो कार्यक्रम संचालनमा ल्याएको हो ।

    स्वास्थ्य विमा कार्यक्रमबाट विशेषज्ञ डाक्टरसहित अत्याधुनिक डिजिटल एक्स-रे मेसिनबाट गुणस्तरीय सेवा, अस्पतालमा जटिल मानिने मुटुको एक्स-रे, जटिल र मध्यम प्रकृतिका हाडजोर्नी तथा प्रसूति लगायतका शल्यक्रिया, नसर्ने रोगको उपचार तथा व्यवस्थापन, ओपिडी क्लिनिक सेवा र नेपाल सरकारले तोकेका औषधीहरु उपलब्ध गराउदै आएको अस्पतालले जनाएको छ ।

  • स्वास्थ्यकर्मीमाथि हिंसा गर्नेलाई ५ वर्षसम्म कैद र ५ लाख जरिबाना प्रस्ताव

    काठमाडौँ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमण, हातपात तथा हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend